Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – ललितपुर महानगरपालिकाले पनि २ वटा ब्रुमर सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आज  ललितपुरमा एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन् ।

उनले महानगरपालिकालाई धूलोरहित बनाउने अभियानअन्तर्गत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर सञ्चालनमा ल्याइएको बताए । त्यसैगरी दुईवटा पानी ट्यांकर पनि सञ्चालनमा ल्याइएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको सो बु्रमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा सञ्चालन गरिनेछ । मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्वच्छ र सफा बनाउन हरियाली प्रवद्र्धनको कामलाई पनि जोड दिइएको स्पष्ट पारे ।

इटालीमा निर्माण गरिएको दुई वटा ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ । जेनटक प्राईभेट लिमिटेडबाट बोल पत्र आह्वान गरी खरिद गरिएको सो ब्रुमरको सो रुम ललितपुरमा पनि रहेकाले यसको मेन्टिनेन्समा समस्या नहुने पनि मेयर महर्जनले विश्वास व्यक्त गरे ।  महानगरपालिकाले बुु्रमरसँगै सञ्चालनमा ल्याएको २ वटा पानी टयांकर भने सिप्रडी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैँयामा खरिद गरिएको हो । ठूला बु्रमर सञ्चालन नहुने स्थानहरुमा साना बु्रमरको प्रयोग गरी सफाइ अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया