Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – शेयर बजार बुधबार ५ दशमलव ५ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार १ हजार २ सय ५९ दशमलव ५४ अंकमा रहेको शेयर बजार बन्द हुने बेलासम्ममा १ हजार २ सय ६५ दशमलव ४२ अंकमा पुगेको हो ।

बुधबार कारोबार भएका समुहमध्ये सबैभन्दा धेरै निर्जिवन बिमा समुहको परिसुचक बढेको छ । त्यस्तै माइक्रोफाइनान्स र बिमा समूहको परिसूचक उल्लेख्य मात्रामा बढेको छ । नेप्सेका अनुसार बुधबार कारोबार भएका विकास बैक समुहको अंक घटेको भएपनि अन्य सबै समुहको परिसूचक बढेको हो ।

बुधबार कारोबार भएमध्ये लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिशेयर ७२ हजार रुपैयाँ कमाएका छन् । त्यस्तै माहुली सामुदायिक लघुवित्त संस्था लिमिटेडका शेयरहोल्डरले प्रतिशेयर १९ रुपैया घाटा व्यहोरेका छन् ।

तपाईको प्रतिक्रिया