Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – बैतडीमा कुपोषित बालबालिकाको संख्या बढेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकमा कुपोषणको अवस्था बढ्दै गएको देखिएको हो ।

आव ०७३/७४ मा ११ हजार २ सय बालबालिका रहेकामा १ सय ७० मा कडा कुपोषण देखिएको थियो । ०७४/७५ मा त्यो संख्या बढेर ११ हजार ३ सय २१ बालबालिका देखिएका थिए । तीमध्ये ४ सय ३३ बालबालिका कडा कुपोषणको जोखिममा रहेका स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन (हेल्थ असिस्टेन्ट) सन्तोष पाण्डेले बताएका छन् ।

ग्रामीण क्षेत्रका नागरिक बच्चाको खानपानमा ध्यान नर्पुयाउने, सानै उमेरमा बच्चा जन्माउने, गर्भवती हुँदा पोषिलो नखाने, सन्तुलित खानेकुरा आमा र बच्चालाई नखुवाउने, घरको भन्दा बजारको खानेकुरा बढी प्रयोगमा ल्याउने भएकाले बालबालिकाहरू कडा कुपोषणको जोखिममा परेका स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

गरिबी पनि यसको मुख्य कारण रहेको जिल्ला अस्पतालका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताएका छन् ।

तपाईको प्रतिक्रिया