Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – आज साउन १५ गते अर्थात खीर खाने दिन । मुलुकका विभिन्न स्थानमा यस दिनलाई विशेष महत्वका रुपमा खीर खाएर मनाइने गरिन्छ ।

विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो ।

यस्ता छन् खीरका फाइदा

डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ ।

साउन महिनामा झरी पर्ने भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि दूधबाट बनेको खीर लाभदायक हुन्छ किनभने खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाइन्छ यसका साथै गाईको दूधबाट बनाएको खीरबाट भिटामिन ‘ए’ पर्याप्त मात्रामा पाइन्छ।

पाचन प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पाचन प्रक्रिया सहज हुन्छ ।

तपाईको प्रतिक्रिया