Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

५ हजार ६ सय ६४ अस्पताल भर्ना

टोकियो – यो वर्षको अत्यधिक गर्मीका कारण जापानभरिमा अहिलेसम्म ११ जनाको मृत्यु भएको छ भने ५ हजार ६ सय ६४ जना अस्पताल भर्ना भएका छन् । यस वर्षको मनसुन सकिदै गर्दा एक्कासी अत्यधिक गर्मी बढ्नाले त्यसका कारण ११ जनाको मृत्यू भएको जापानको सरकारी स्रोतले जनाएको छ । यसैगरी गर्मीकै कारण बिरामी परी अस्पताल भर्ना हुनेको संख्या ५ हजार ६ सय ६४ पुगेको हो । अस्पताल भर्ना हुनेहरुमा अधिकाँश ६५ वर्ष वा सो भन्दा माथि उमेरका रहेका छन् । अस्पताल भर्ना गरिएकाहरु मध्य १ हजार ७ सय ९२ जना जोखिमयुक्त रहेको र अन्य भने कम्तीमा ३ हप्तासम्म अस्पतालको निगरानीमा उपचार गरिनुपर्ने अवस्थामा रहेको बताईएको छ ।
गर्मीका कारण मृत्यु हुनेहरुमा जापानका विभिन्न प्रिफेक्चरका रहेका छन् भने अस्पताल भर्ना हुनेहरुमा सबैभन्दा धेरै आइची प्रिफेक्चरमा ३ सय ९२ जना रहेका छन् । यसैगरी ओसाकामा ३ सय ८८ र टोकियोमा २ सय ९९ जना रहेका छन् ।
मौसमी विज्ञान विभागका अनुसार आगामी केही हप्तासम्म साबिकै तापक्रम कायम रहने भएकोले अत्यधिक गर्मी यथावतै रहने हुँदा अत्यधिक पानी पिउन र समय समयमा आराम गर्न सर्बसाधारणलाई अपील गरिएको छ ।

अहिलेसम्म जापानभरिको औसत तापक्रम ३१ डिग्री रहे पनि ओसाका र फुकुओकामा भने ३५ डिग्री पुगेको बताईएको छ ।

अत्यधिक गर्मी (हिटस्ट्रोक) का कारण गत वर्ष सन् २०१८ मा मइ देखि सेप्टेम्वरसम्मको अवधिमा हालसम्मकै अधिक ९५ हजार मानिसहरु अस्पताल भर्ना भएका थिए भने यो संख्या सन् २०१३ मा ५८ हजार रहेको थियो ।
स्वास्थ्य मन्त्रालयकाअनुसार गत वर्ष अत्यधिक गर्मीका कारण १ हजार ५ सय जनाको मृत्यु भएको थियो ।

टोकियो मेट्रोपोलिटन युनिभर्सिटी क्लाइमेटोलोजी बिषयका प्राध्यापक फुमिआकी फुजिबेले भने -’एक्कासी बढ्ने तापक्रम र त्यसबाट हुने अत्यधिक गर्मीका कारण मानिसको स्वास्थ्यमा पर्ने प्रतिकुल असरका कारण यस्तो स्थिति विशेष प्रकारको खतरा हो ।’

अत्यधिक गर्मी (हिटस्ट्रोक) का कारण मृत्यु हुनेको संख्या जापानमा बढ्दो रहेको अवस्थामा सन् २०२० को मध्य गृष्ममा टोकियो ओलम्पिक हुँदै छ । आउँदो वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म टोकियोमा ओलम्पिक र प्यारा ओलम्पिक हुँदै छ ।
उक्त अवधिमा गत वर्ष औसत ३१ डिग्री तापक्रम रहेको जापानको वातावरण मन्त्रालयले जनाएको छ । ओलम्पिक अवधिभर गर्मीका कारण कुनै अप्रिय घटना हुन नदिन जापान सरकारले हदैसम्मको उपायहरु अवलम्वन गर्ने बताईए पनि चिन्ताको बिषय भने बनेको छ । गर्मीलाई छल्नका लागि ओलम्पिकका स्टेडियम बाहिरका खेलकुदलाई बिहान सबेरैको समयमा पारिएको छ, जसअनुसार १ सय ३६ किलोमीटर म्याराथुन कोर्स बिहान ६ बजेलाई राखिएको छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार बृद्धा, बालबालिका, भरखर अप्रेशन गरेका बिरामी, पर्याप्त मात्रामा नसुत्ने मानिस, पानीको मात्रा नपुग्ने र असन्तुलित भोजन गर्नेहरुमा कमजोर थर्मोरेगुलेटरी फङ्शनका कारण बढि हिटस्ट्रोक हुने गरेको पाईएको छ ।***

तपाईको प्रतिक्रिया