Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – सरकारले काठमाडौंको न्यूरोड र दरबारमार्गको जग्गाको मूल्य निर्धारण गरेको छ । मालपोत कार्यालय डिल्लीबजारले दरबारमार्ग र न्यूरोडको जग्गाको सरकारी मूल्य आनाको ६० लाख रुपैयाँ तोकेको हो ।

साउन १ देखि लागू हुनेगरी डिल्लीबजार कार्यालयले सार्वजनिक गरेको जग्गाको मूल्य गत वर्ष तुलनामा प्रतिआना १० लाख रुपैयाँ बढी हो । गत वर्ष सरकारी मूल्य आनाको ५० लाख रुपैयाँ तोकिएको थियो । कार्यालयले ठमेल, दरबारमार्ग, न्यूरोड, हनुमानढोकालगायत क्षेत्रको जग्गाको मूल्य ६० लाख तोकेको हो । तर, ती क्षेत्रको सरकारी मूल्य ६० लाख रुपैयाँ तोकिएपनि करोडौं रुपैयाँमा कारोबार हुने गरेको छ ।

सरकारी मूल्यांकन अनुसार हनुमानढोका, नयाँ सडक, पुरानो नगरपालिका भवन, दक्षिण चोकबाट जुद्द शम्शेर सालिक चोक, न्यूरोड पिपलबोट, खिचापोखरी धरहराको मुलसडकमा जोडिएका जग्गाको न्यूनतम मूल्यांकन आनाको ६० लाख रुपैयाँ तोकिएको हो । केशरमहल, जमल, सिंहदबार, हात्तिसार रानीपोखरी, वीर अस्पताल क्षेत्रमा ६० लाख रुपैयाँ तोकिएको छ । माइतीघर, पुरानो बसपार्क क्षेत्र, पुतलीसडक क्षेत्रमा पनि जग्गाको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया