Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – हामी दिनदिनै नुहाउनु ठीक हुन्छ कि अलिअलि मैलो बसेकै ठीक होला ? केही अनुसन्धानकर्ताहरूका अनुसार हामीले शरीरको प्राकृतिक गन्धलाई हेला गर्नु हुँदैन । अनि हालसालै गरिएका अध्ययनहरूले धेरै नुहाउँदाखेरी शरीरका सूक्ष्म जीवाणुहरूलाई हानि पुग्ने देखाएका छन् ।
ब्राजिलमा रहेको घना अमेजोन जंगलमा बस्ने यानोमामी जातिका मानिसहरूको शरीरमा थुप्रो जीवाणु रहेको पाइएको छ । यानोमामीहरू खासै नुहाउँदैनन्, त्यसैले उनीहरूको शरीरमा जीवाणु थुप्रिएका हुन् । ननुहाउँदैमा उनीहरू बिरामी परेका छैनन् ।

विकसित देशका केही मानिसहरू पनि आजकल पूरै नुहाउन छोडेका छन् ।

सुप्रसिद्ध अमेरिकी विश्वविद्यालय एमआईटीबाट स्नातक उत्तीर्ण गरेका ड्यान ह्विटलकले १२ वर्षदेखि ननुहाएको दाबी गरे । ननुहाएपनि आफ्नो जागिर नखुस्केको उनी बताउँछन् ।

यसको साटो उनले आफैंले आविष्कार गरेको एउटा झोल छर्किने गर्छन् । मदर डर्ट प्लस मिस्ट नामक यो झोलमा मानव काखीमा पाइने राम्रो ब्याक्टेरिया रहेको अनि यसले पर्याप्त सफाइ गर्ने उनी बताउँछन् ।

उनको कम्पनीले प्रयोगकर्ताहरूलाई पूरै नुहाउन छोड्नुभन्दा नियमित हात धुन तर साबुन नदल्न सल्लाह दिएको छ ।

ह्विटलकले बनाएको झोलले हाम्रो पसिनामा रहेको अम्मोनियालाई खाइदिन्छ । यसले सफाइ गर्ने, दुर्गन्ध हटाउने र रोगप्रतिरोधात्मक क्षमता बढाउने कम्पनीको दाबी छ । ब्याक्टेरियाले भरिएको सफा झोल नियमित दल्न उनको कम्पनीले सल्लाह दिएको छ ।

परम्परागत स्नानको साटो वा त्यस सँगसँगै यो झोलले शरीरमा जीवाणुहरूको अदृश्य साम्राज्य बनाउँछ र सफा गर्छ ।

साबुनको आविष्कार हुनुअघि मानिसहरू कसरी आफूलाई सफा राख्थे भन्ने थाहा पाउन पनि आफूले नुहाउन छोडेको ह्विटलकले बताए ।

तपाईको प्रतिक्रिया