Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – समान्यतया हामी पैसाबारे कुरा गर्दैनौँ, किनकि पैसाको कुरा गर्दा सबैलाई मन नपर्न सक्छ । पैसालाई लिएर सुरु भएको बहस नराम्रो अन्त्यमा पुगेर टुंगिने डर पनि हुन्छ । तर, हरेक समय पैसाको मामिलालाई नजरअन्दाज गर्न पनि सकिँदैन ।

कसैसँगको सम्बन्ध बिग्रँदै जानुका थुप्रै कारणमध्ये पैसा एक हो । ब्रिटेनमा हालै भएको एक सर्वेक्षणले सम्बन्धहरु चिसिनुको प्रमुख कारण पैसाका कारण भएका झगडालाई देखाएको छ । ‘च्यारेटिस रिलेट, रिलेसनसिप्स स्कटल्यान्ड एन्ड म्यारिज केयर’ नामक संस्थाले गरको सर्वेक्षणमा यस्तो पाइएको हो ।

यसअघि ‘नेसनल अफिस अफ स्टेटिस्टिक्स’ले पनि पैसाले सम्बन्धमा कति र कस्तो असर पार्छ भन्नेबारे अनुसन्धान गरेको थियो । उक्त सर्भेमा पैसामा कुरा नमिल्दा पति–पत्नीबीच मात्र मतभेद हुने नभई घरका अन्य सदस्य तथा साथीभाइसँगको सम्बन्धमा पनि समस्या उत्पन्न हुने देखिएको थियो ।

सम्बन्धलाई दिगो र सुमधुर बनाइराख्न सकेसम्म पैसाको मामिला बीचमा आउन दिनुहुँदैन भनेर सुझाब दिने थुप्रै छन् । यस्तो समस्याको एउटै हल छ, पैसाको मामिलामा सधैँ स्पष्ट र इमानदार हुने । खासमा पैसाका मामिलामा झगडाका मुख्य कारणचाहिँ के हुन् त ?

खर्च गर्ने कि बचत ?
पैसाको सम्बन्धमा धेरै र निचोडमा नपुगिने किसिमका प्रवृत्तिका बहस यस कारण हुन्छन् कि, पैसालाई लिएर अलग-अलग मान्छेका अलग-अलग सोच, धारणा हुन्छन् । तपाईंको प्रवृत्ति खर्चालु छ कि बचत गर्नुपर्छ भन्ने छ, तपाईंको सुरुवाती जिन्दगीको अनुभव, घरपरिवारको माहोल, बाल्यकालको आदत आदिमा भर पर्छ ।

तर, यसको अर्थ के होइन भने तपाईंको पैसा खर्च गर्ने बानी तपाईंको बाबुआमाको जस्तै नै हुन्छ । कतिपय अवस्थामा यस्तो पनि हुन सक्छ कि तपाईंले सानो छँदा घरमा पैसाको चरम अभाव देखेर पनि अहिले निस्फिक्री खर्च गरिरहेको हुन सक्नुहुन्छ । किनकि, तपाईंसँग अहिले प्रशस्त पैसा छ र तपाईंलाई पैसा खर्च गरेर राम्रो जीवन बाँच्ने चाहना छ ।

कसैका लागि पैसा जीवन धान्ने सुरक्षित माध्यम हुन सक्छ भने त्यहीँ पैसा कसैका लागि स्वतन्त्रता पाउनका लागि चाहिने साधन । कसैका लागि पैसा माया देखाउने तरिका हुन सक्छ भने कसैका लागि शक्ति र सम्पन्नता ‘मेन्टेन’ गर्न चाहिने अत्यावश्यक वस्तु ।

यसैकारण, पैसासँग हाम्रो सम्बन्ध निकै पेचिलो र गहिरो हुँदै गइरहेको छ । पैसाका सम्बन्धमा ठ्याक्कै विपरीत धारणा भएका दुई मान्छे वा समूह जब भेट्छन्, उनीहरुबीच तनाव र मनमुटवको सम्भवना हुन्छ ।

तपाईं र तपाईंको साथीको पैसालाई हेर्ने, बुझ्ने तरिका नितान्त फरक हुन सक्छ । उदाहरणका लागि, तपाईंलाई कपडा किन्नु, पार्टी जानु एकदमै वाहियात लाग्न सक्छ भने तपाईंको साथीलाई यो एकदमै स्वाभाविक लाग्छ । तपाईंलाई जुन कुरामा खर्च गर्नु वाहियात लाग्छ, तपाईंको साथीलाई त्यसैमा अथाह मजा मिलिरहेको हुन सक्छ ।

तपाईंलाई लाग्न सक्छ, उसले कहिलेकाहीँ बचत पनि गर्नुपर्छ । त्यसको ठीक विपरीत तपाईंको साथीलाई तपाईंले पनि कहिलेकाहीँ पार्टीमा, खानामा खर्च गरे हुन्थ्यो भन्ने लाग्न सक्छ ।

कोसँग ज्यादा र कोसँग कम पैसा ?
यदि तपाईंले भर्खरै कुनै नयाँ सम्बन्ध सुरु गर्नुभएको छ र ‘मेरो पैसा’ र ‘तेरो पैसा’लाई ‘हामो पैसा’मा बदलिदिनुभएको छ भने पछि त्यो पैसा खर्च गर्नेबारे सोच्दा मतभेद हुन सक्छ । पैसा खर्च गर्दा दुवैले आधा–आधा नै खर्च गर्नुपर्छ भनेर पनि सम्भव हुँदैन । फेरि, भोलि अवस्था बदलिन सक्छ ।

तपाईंसँग आफ्नो साथीसँगभन्दा कम पैसा छ भने पनि सम्बन्धमा समस्या आउन सक्छ । यसो हुँदा तपाईंलाई नराम्रो लाग्न सक्छ । तपाईंलाई लाग्न सक्छ, तपाईं अरु कसैमा निर्भर हुनुहुन्छ । त्यसो भए, त्यो कुन तरिका हो त, जसले पैसासमेत जोडिएका सम्बन्धहरुलाई सधैँ सन्तुलित राख्न मद्दत गर्छ ?

विश्वास टुट्न नदिऔँ
तपाईंले कुनै सम्बन्ध सुरु गर्नुभयो भने त्यसमा विश्वासको स्तर धरै हुन्छ । पैसाको विषयले झगडा भयो भने तपाईं र तपाईंको साथीबीचको विश्वास सम्पूर्ण तरिकाले टुट्न सक्छ । त्यसैले, तपाईंले आफूले कुनै पनि कुरामा गरिरहेको खर्चबारे साथीलाई खुलस्त र स्पस्ट रुपमा भन्नुपर्छ । आफ्नो खर्चको पारदर्शीतामा तपाईं एकदमै इमानदार बन्नुपर्छ ।

सापटी लिनु-दिनुअघि स्पष्ट होऔँ
तपाईंसँग कसैले पैसा सापटी माग्यो भने के गर्नुहुन्छ ? पैसा माग्ने मान्छे जोसुकै होस्, तपाईंको राम्रो मित्र या नजिकको आफन्त या आफ्नै घरका कामदार या कसैले नयाँ कार किन्न मागेको होस् । हामी उनीहरुलाई खुसी–खुसी पैसा दिन्छौँ ।

तर, हामीले दिएको पैसा लिनेले उपहार सम्झेर लियो र कहिल्यै फिर्ता गरेन भने ? त्यसैले, सापटी दिनुअघि नै उसलाई आफूले किन, कसरी, कहिलेसम्मका लागि दिइरहेको छु सबै भनौँ, ता कि भोलि गएर कुनै असमझदारी नहोस्, विवाद ननिम्तियोस् । पैसा दिने वा लिने वेला आफ्ना कुरा इमानदार भएर पेस गर्ने गरौँ ।

आर्थिक विशेषज्ञ जिन थ्युरेरका ६ वटा टिप्स छन्, जसलाई अपनाएर पैसाका कारण उत्पन्न हुने समस्या हल गर्न र सम्बन्धहरु बिग्रनबाट जोगाउन सकिन्छ :-

पैसाबारे सही समयमा मात्र कुरा गरौं – बहस गर्न थालेपछि एकअर्काको कुरा सुनौँ, न कि आफ्नो कुरा मात्र ठूलो सम्झेर बोलिरहौँ । अवस्था र परिवेश ठीक छ भने मात्र बहसको थालनि गरौँ ।

आफ्नो साथीलाई सानो वा कमजोर नदेखाऔँ – आफ्नो कुरा मज्जाले राख्नुहोस्, तर आफ्नो साथीलाई सानो वा कमजोर देखाउने गरी होइन ।

आफ्नो बजेटबारे कुरा गरिरहौँ – जीवनसाथी वा सगोलमा खर्च गर्ने जुनसुकै पार्टनरसँग बजेटलाई लिएर छलफल गरिरहनुहोस् । तर, सधैँ बजेटकै कुरा गर्नु भने राम्रो होइन ।

यस्तो छलफल हरेक साता, महिना, तीन महिना, या सालमा एकपटक भए पनि गर्नुहोस् । बजेटमा एकआपसमा सहमति जुटाउन हदैसम्म लचिलो हुनुहोस् । बजेट सहमति गरेअनुसार नै खर्च भइरहेको छ वा छैन, निरीक्षण गर्दै रहनुहोस्, नभइरहेको पाइएमा एकआसमा छलफल गर्नुहोस् ।

आफ्नो कुरा खुलस्त भन्ने बानी बसालौँ – आफ्ना साथीले आफूलाई बुझोस् भन्ने चाहनुहुन्छ भने तपाईं इमानदार हुन आवश्यक छ । इमानदार भएर आफ्नो कुरा खुलस्त राख्ने गर्नुहोस् ।

एकअर्कालाई सुनौं – आफ्नो साथी बोलिरहेको बेला ध्यान दिएर सुन्ने प्रयास गरौँ ।

सम्मान गरौँ – विश्वास, सहयोग, सम्मानको माहोल बनाइराखौँ, ता कि एकआपसमा कुरा गर्दा निडर र निसंकोच भएर गर्न सकियोस् ।

पैसा जोगाउन के गर्ने ?
कुनै स्पेसल अफर वा सेलका लालचमा नपर्नुस् :- त्यही मात्र किन्नुस्, जुन तपाईंलाई साँच्चै आवश्यक छ । तपाईंलाई कसैले एक हजार पर्ने कोट पाँच सयमा दियो भन्दैमा पाँच सय जोगाउने लोभमा नपर्नुस् । त्यो किनेर तपाईंको पाँच सय बच्दैन, उल्टो पाँच सय व्यर्थमा खर्च हुन्छ ।

प्रलोभनमा पार्न खोज्ने वस्तु र मान्छे दुवैबाट टाढा रहनुहोस् :- प्रलोभनमा पार्नकै लागि खोलिएका पेज, च्यानल, मेलबाट सधैँ टाढा रहनुहोस् । र, ती मान्छेबाट पनि, जो ‘ब्ल्याकमेल’ गर्न खोज्छन् ।

खाँदा र बस्दा हुने खर्चलाई ध्यानमा राख्नुहोस् :- यस्तो खर्चमा पैसा सधैँ ‘क्यास’मै दिने प्रयास गर्नुहोस् । कसैलाई पैसा नोट र सिक्काको रुपमा दिन राम्रो लाग्दैन, उनीहरु कार्डबाट भुक्तानी गर्न रुचाउँछन् । तर, त्यसो गर्दा खर्च धेरै हुन्छ ।

पैसा सधैँ नगद नै दिने प्रयास गर्नुहोस् :- यसो गर्दा आफूले खर्च गरेको कुरामा सचेत भइन्छ ।

सेकेन्ड ह्यान्ड सामान किन्ने बानी गरौँ :- यसो गर्दा तपाईंलाई पनि सस्तो पर्छ र पर्यावरणका लागि पनि फाइदाजनक हुन्छ । त्यस्तै, तपाईंसँग भएको जुन सामानको उपायदेता छैन, त्यसलाई बेचिदिनुस् ।

‘ब्रान्ड’ भनेर बित्थामा पैसा खर्च नगर्नुस् ।

तपाईको प्रतिक्रिया