Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

टोकियो- जापानका प्रधानमन्त्री सिन्जो आबेले सरकारी नीतिले असर परेका जनतासँग बुधबार माफी मागेका छन्।

कुष्ठरोगका बिरामीलाई पक्षपात गर्नेगरी यसअघि लागू भएको नीतिगत व्यवस्थाले पर्न गएको असर र विभेदप्रति प्रधानमन्त्रीको रूपमा आफूले माफी चाहेको उनले बताएका हुन्।

उनले पीडितहरूसँग भने, ‘यस नीतिका कारण तपाईंहरूलाई परेको असरप्रति प्रधानमन्त्रीका रूपमा मैले गहिरो क्षमायाचना गर्दछु।’

प्रधानमन्त्री आबेले उनीहरूको अमूल्य जीवनमा कठिनाइ भएको र पीडा पर्न गएकोमा आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्। उनले रोगबाट पीडितका परिवारजनसँग मिलेर विभेद अन्त्य गर्न सरकारले विषेश अभियान चलाउन चाहेको पनि उल्लेख गरे।

प्रधानमन्त्री आबेले पीडितहरूसँग निकै झुकेर कुरा गरेका थिए। उनले पीडितमध्येका केही प्रतिनिधि पात्रहरूलाई भेटेका हुन्।

जापानको एक अदालतले केही समय अगाडि कुष्ठरोगसम्बन्धी पुरानो कानुन विभेदपूर्ण रहेको ठहर गरेर नयाँ कानुन बनाउन आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया