Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तिलगंगा आँखा प्रतिष्ठानलाई समन्वय केन्द्रको मान्यता दिएको छ ।  सोमबार काठमाडौंमा प्रतिष्ठानको २५ औँ वार्षिकोत्सवको अवसरमा विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो ।

संगठनका नेपाल प्रमुख डा. जोस भेन्डिलियरले उत्कृष्ट सेवा प्रदान गरेको भन्दै प्रतिष्ठानलाईसमेत समन्वय केन्द्रको मान्यता दिएको बताए । आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकाले सो अस्पताललाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेर मुलुकको समृद्धिको अभियानमा पनि महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले अस्पतालका कार्यकारी निर्देशक डा.सन्दुक रुईतलगायतका टिमले आँखा उपचारको क्षेत्रमा पु-याएको योगदानको पनि खुलेर प्रशंशा गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार सदा तयार रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै छोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको जानकारी दिए । उनले आँखाको स्वास्थ्य सेवालाई अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै ‘आँखा ईकाई’ को व्यवस्था गर्ने घोषणा पनि गरे ।

कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक रुईतले आँखा अस्पतालले २५ वर्षयता आँखाको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गराए । हालसम्म ६० लाख आँखा रोगीहरुको उपचार गरेको तथा ४ लाख बढीको आँखाको शल्यक्रिया गरिएको पनि सो अस्पतालको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया