Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – नेपाली जनप्रगतिशील मोर्चा जापानको आयोजनामा यहि जुलाई २२ तारिख आईतबारका दिन पहिलो समर बनभोज तथा भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । टोकियो, चीबा, कानागावा, साइतामा, गुन्मा तथा नागोया लगाएतका क्षेत्रहरुबाट आएका १०० जना भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रम खासाई रिन्काई कोएनमा आयोजना गरिएको थियो । बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बिभिन्न नाचगान, खेलकुद, चिट्ठा तथा खानपिन गरी उक्त कार्यक्रमको आयोजना गरेको थियो । मोर्चामा आवद्ध तथ समर्थक शुभ-चिन्तकहरुको बीचमा आपसी चिनजान, सदभाव तथा बिचारहरुको आदान प्रदान गर्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । पूर्णिमा रेष्टुरेन्ट खामेईदोद्वारा उपलब्ध स्वादिष्ट ब्रेकफ़ाष्टबाट शुरु गरिएको उक्त कार्यक्रममा मोर्चाका सचिब हिमाल भट्टराईले आगन्तुक महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको औचित्यताको बारेमा प्रकाश पार्नुभएको थियो भने मोर्चाका अध्यक्ष बेलु थापाले मोर्चाको हालसम्मको गतिबिधिहरु र बर्तमान राजनैतिक परिस्थितिमा मोर्चाको भूमिकाको बारेमा बोल्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा जापानमा बक्सिंग खेल मार्फ़त नेपालको नाम राख्दै आउनु भएका मोहन महर्जन ड्रागनलाई मोर्चाका अध्यक्ष बेलु थापाले खादा ओढाई सम्मान गर्दै आगामी जुलाई २९ तारिख आईतबार हुनगईरहेको खेलमा पनि सफ़लताको लागि शुभकामना ब्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा हांडि फ़ुटाउने खेल (हांडिको अभावमा तरबुजा राखिएको) तथा भाग्यशाली चिट्ठा जस्ता मनोरन्जनात्मक खेलहरुको ब्यवस्था पनि गरिएको थियो । हांडि फ़ुटाउने खेलमा सहभागी मध्ये भरत पौडेलले निशाना लगाई पुरस्कार जित्न सफ़ल हुनुभएको थियो भने भाग्यशाली चिट्ठामा भने अम्बर गुरुंग, ईश्वर अधिकारी र पदम गुरुंगले क्रमश: पहिलो, दोश्रो र तेश्रो पुरस्कार जित्न सफ़ल हुनुभएको थियो । कार्यक्रमको अन्त्यमा घन्किएको दोहोरी तथा लोक गीतले उपस्थित सबैलाई नाच्न बाध्य बनाएको थियो । नेपालीहरुको नाचगानको रमझम देखेर वरिपरिका जापानीहरु पनि झुम्मिएका थिए र कतिपयले त संगै नाचेरै भरपूर मनोरन्जन लिईरहेका थिए ।

अन्तमा, कार्यक्रमको समापन गर्दै कार्यक्रम संयोजक मोहन पौडेलले उपस्थित सबैलाई धन्यबाद ग्यापन गर्नु भएको थियो । साथै, उहांले उक्त बनभोज तथा भेटघाट कार्यक्रम सफ़ल पार्न आर्थिक, भौतिक तथा नैतिक रुपले सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि मोर्चाको कार्यक्रमहरुमा यस्तै उपस्थिति तथा सहयोगको अपेक्षा गर्नुभएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया