Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु भएको छ ।  भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको गयराती मृत्यु भएको हो ।

मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणी जोशीले शिक्षककै कुटाईबाट भान्जाको मृत्यु भएको बताए । उनका अनुसार डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै उनलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि ल्याएको हो ।।

तपाईको प्रतिक्रिया