Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई ट्राफिकले दोहोलो नै काडेको छ ।
छ्यास्स मापसे गरेको थाहा पाए ट्राफिकले लाइसेन्स लिएर जरिवाना मात्रै गर्दैन एक रात चिसो छिँडीमै सुताइदिन्छ । करिव एक वर्षअघि राजधानीबाट सुरु भएको मापसेविरुद्धको अभियान अहिले सवै जिल्लामा चलिरहेको छ ।
राजधानीमा डीआईजी गणेश राई आएपछि सुरु भएको यो अभियानले मादक पदार्थ सेवनका कारण हुने दुर्घटनामा ९० प्रतिशत कम भएको डीआईजी राईले बताए । अघिल्ला महिनामा मापसे गर्नेबाट संकलन भएको राजश्व बढी भए पनि अहिले घटेको छ, कारण मापसे गरेर फाट्टफुट्ट बाहेकले सवारी चलाउँदैनन् ।
मापसेका कारण सवारी दुर्घटना कम भए पनि रात्रिकालीन होटल व्यवसाय चौपट भएको छ । मदिरा बेचेर होटल चलाएकाहरुलाई निक्कै घाटा व्यहोर्नुपरेको छ ।
त्यसो त मदिरा सेवन गरेर आउने श्रीमान् कुर्नुपर्ने सहरका श्रीमतीलाई भने यो अभियानले हाइसन्चो नै भएको छ । कतिपय महिलाले डीआईजी राईलाई कार्यालयमै भेटेर बधाई दिएका छन् ।
यसरी जाँचिन्छ मदिरा सेवन गरेको
तपाईको प्रतिक्रिया