Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – सधैँ एउटै समयमा जिम जाने गर्नुले हामीलाई लामो समयसम्म फिट र स्वस्थ रहन मद्दत गर्ने गरेको एक नयाँ अनुसन्धानले जनाएको छ । एकै समयमा एक्सरसाइज गर्दै जानुले हामीमा व्यायामको बानी बसाउने हुनाले नै यो तौल घटाउन र शरीर नियन्त्रणमा राख्न प्रभावकारी हुने बताइएको छ । बिहान, दिउँसो, बेलुका जतिबेला भएपनि एकै समयमा एक्सरसाइज गर्नुले हामीलाई लामो समय फाइदा गराउन सक्ने बताइएको हो ।

एक्सरसाइजका अनेकौँ फाइदा भएपनि यसको बानी लगाउन धेरैलाई कठिन हुने गरेको पाइन्छ ।  स्वस्थ रहन हप्तामा डेढ घण्टा जति मध्यम देखि कठोर शारीरिक क्रियामा संलग्न हुन आवश्यक मानिन्छ भने लामो समयसम्म तौल नियन्त्रणमा राख्न र तौल घटाउन पनि हप्तामा २५० मिनेट एक्सरसाइज गर्नैपर्ने विशेषज्ञहरुको भनाइ छ ।

यसअघिका विभिन्न अनुसन्धानहरुमा पनि ठीक्क तौल राख्न सक्नेहरुले एउटै किसिमको डायट र एक्सरसाइज सहजै अपनाउन सक्ने गरेको पाइएको थियो ।  यसरी मानिसमा एक्सरसाइजको बानी बस्यो भने त्यसप्रति हामीले धेरै ध्यान दिनु् र सोचिरहनु पर्दैन अनि पहिलोपटक जस्तो त्यसमा लागि पर्न धेरै प्रयास र प्रेरणा पनि आवश्यक पर्दैन । डेलीमेलबाट

तपाईको प्रतिक्रिया