Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – हुन त हामी दिनदिनै टूथपेस्ट प्रयोग गरेर दाँत सफा गर्छौं । यसो गर्दा दाँत चम्किन्छ भन्ने हाम्रो विश्वास रहन्छ । तर के वास्तवमै टूथपेस्टले दाँत चम्काउँछ त ? आउनुस् हामी तथ्य बताउँछौं ।

मानिसको शरीरको सबभन्दा बलियो संरचना दाँत नै हो । यो चार अलग अलग पत्रबाट बनेको हुन्छ । ती पत्र हुन् पल्प, डेन्टिन, इनामेल र सिमेन्ट ।

टूथपेस्ट निर्माताहरूले दाँत सेतो हुने दाबी गर्छन् तर तिनीहरू दाँतको इनामेलका लागि हानिकारक हुन्छन् । धेरै टूथपेस्टमा हालिएका रसायनले त इनामेल पनि ध्वस्त पार्छन् । कतिपय टूथपेस्टले ले दाँतको बाहिरी कवचलाई खुल्याइदिन्छन् र कमजोर बनाउँछन् ।

ह्वाइटनिङ टूथपेस्टका फाइदाभन्दा नोक्सानी बढी छन् । यी पेस्ट दल्दा दाँतको बाहिरी पत्र घोटिन्छ र चिया, कफी, वाइन आदिका दाग दाँतमा देखिन थाल्छन् र दाँत फिक्का देखिन्छन् ।

दाँत चम्काउनु भन्दा पनि स्वस्थ राख्नु जरूरी हुन्छ । यसका लागि समयसमयमा गिजाहरूको मालिश गर्नुस् । अनि खाना खानेबित्तिकै कुल्ला गरिहाल्नुस् । दाँतमा कुनै पनि फोहोर जम्न नदिनुस् ।

दाँतको समस्या भयो भने विज्ञापनहरूबाट भ्रमित नभई तत्काल दन्तचिकित्सककहाँ जानुस् र सही उपचार गराउनुस् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया