Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडाैं – अमेरिकाको न्युयोर्कमा रहेर नेपाली साहित्य लेखनमा सक्रिय कविहरुले संयुक्त कविता संग्रह प्रकाशन गरेका छन् । संग्रहमा ४७ कविता विभिन्न शीर्षकका कविता समावेश गरिएका छन् ।

‘नेपाली कवि र कविता’ शीर्षकको संग्रहमा ज्योतिकुमार श्रेष्ठ, पुष्कर बराल, पुनम काफ्ले, शकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, पद्मा लिंखा मगर, आनन्द श्रेष्ठ, पुष्पा अधिकारी गौतम, कमला प्रसाईं, लक्ष्मी श्रेष्ठ, जानुका वस्ती ढकाल, र राजु विजया सिंखडा, विकास विष्ट, ज्योति पौडेल, विष्णु सिंह वैजु, विष्णु पौड्याल, शान्ता अधिकारी घिमिरे, कृसु क्षेत्री, गीता खत्री, व्याकुल पाठक, विनोद रोका, किशन सिंह धामी, संगीता उप्रेती रिजाल, नदिया लिवाङ, राजन महर्जन, हन्सराज जोशी, डा. गोविन्द कोइराला, डा. मधु माधुर्य, आङछिरिङ शेर्पा, डा. तारा निरौला, रश्मि भट्ट, परिता राजभण्डारी, अच्युत सिग्देल, पुष्पराज उपाध्यायलगायतका कविका कविता समाविष्ट छन् ।

व्याकुल पाठक र किशन सिंह धामीले सम्पादन गरेको संग्रह विमोचन कार्यक्रममा बोल्दै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले न्यूयोर्कलाई कर्मथलो बनाएर बसिरहेका नेपाली कविहरूको संयुक्त संग्रह नेपाली साहित्यमा एउटा महत्वपूर्ण उपलब्धि भएको बताए ।

तपाईको प्रतिक्रिया