मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडाैं – भारत प्रशासित कश्मीरको पुलवामामा आज भएको एउटा भिडन्तमा चार सैनिक र दुई लडाकुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । पुलवामा गत हप्ता भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका अब्दुल राशिद गाजीसमेत अर्का एक सन्दिग्ध पनि सो घटनामा मारिएको भारतीय सैनिक सूत्रले दाबी गरेको छ। एक गैरसैनिकको पनि ज्यान गएको छ ।

भारतीय सेना र अर्धसैन्य बलहरूले सो स्थानमा संयुक्त सुरक्षा कारबाही गरेको प्रहरीले जनाएको छ । लडाकुहरू लुकेर बसेको सूचना पाएपछि सेनाले कारबाही गर्दा उनीहरूले गोली हानेको बताइएको छ । सो घटनामा लडाकुहरू लुकेर बसेको घरका मालिकको पनि मृत्यु भयो । बीबीसीले उल्लेख गरेअनुसार बिहीवार भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्ष्य गरेर भएको विस्फोटनमा ४६ जनाको मृत्यु भएको थियो । सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सो घटनामा संलग्न लडाकु खोज्न एउटा अभियान नै सुरु गरेको छ ।सेनातर्फ हताहत भएकामध्ये एक जना मेजर र तीन जना सिपाही रहेको बीबीसी हिन्दीले जनाएको छ । सो क्षेत्रमा गोली हानाहान भएको चर्को सुनिएको छ। सुरक्षाकर्मीहरूले गाउँलेहरूलाई घरभित्रै बस्न आह्वान गरेका छन् ।

डरलाग्दो आक्रमण
गत हप्ता भएको आक्रमण कश्मीरमा अशान्ति सुरु भएपछिकै ठूलो आक्रमण भएको बताइन्छ । एकजना आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरिएको एउटा गाडी सीपीआरएफका सुरक्षाकर्मीहरू बोकेका ७८ वटा गाडीहरूको लस्करमा लगेर जोतिदिएका थिए । घटनास्थल श्रीनगरबाट २० किलोमिटर पर छ । ती आक्रमणकारी १९ देखि २१ वर्ष उमेर भएका स्थानीय कश्मीरी युवा भएको बताइएको छ ।पाकिस्तानी सञ्चालित लडाकु समूह जैश‍-ए-मोहम्मदले सो घटना आफूले गराएको दाबी गरेको छ । भारतले भने पाकिस्तान नै सो आक्रमणमा संलग्न भएको आरोप लगाएको छ तर इस्लामाबादले त्यसको खण्डन गरेको छ ।

विरोध
बिहीवारको घटनापछि भारतमा पाकिस्तानविरोधी प्रदर्शनहरू भएका छन् । क्रुद्ध भिडले कश्मीरी विद्यार्थी र व्यापारीहरूलाई निसाना बनाउने गरेका छन् । विभाजनको सात दशकपछि पनि भारत र पाकिस्तानबीच तिक्तता कायम छ । दुवै देशले कश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन् । पुलवामामा भएको आक्रमणपछि कश्मीरी मुसलमानहरूलाई सतर्क रहन भनिएको छ ।

https://twitter.com/CRPFmadadgaar/status/1096780910668726278?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1096780910668726278&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews-47275153

विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले उत्तर भारतमा कश्मीरी विद्यार्थीहरूसँग कुटपिट भएको वा उनीहरूलाई बसेको ठाउँबाट निकाएको घटनाबारे समाचार प्रकाशित गरेका छन् । सीआरपीएफले विद्यार्थीहरूलाई सहयोग गर्ने बताएको छ तर उनले समाचार सत्य हो कि हैन राम्ररी विचार गर्न आग्रह गरेको छ । कश्मीरमा भएको आक्रमणपछि भारतले पाकिस्तानलाई एक्ल्याइदिने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया