Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं  – भारतमा मिटू अभियानको सुरुवात अभिनेत्री तनुश्री दत्ताले गरेकी थिइन् । तनुश्रीले फिल्म ‘हर्न ओके प्लीज’ को सेटमा अभिनेता नाना पाटेकरले उनीमाथि दूर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तनुश्रीले यस विषयमा १० वर्ष अघि नै आवाज उठाएकी थिइन् तर बलिउडमा उनको आरोपलाई कसैले चासो दिएनन् । तर १० वर्ष पछि तनुश्रीले त्यस घटनालाई मिटू अभियानसँग जोडेर सार्वजनिक गरेपछि भने अधिकांशले उनको साथ दिए ।

तनुश्रीको आरोप पछि बलिउड फिल्म ‘हाउसफूल ४’ बाट नाना पाटेकरलाई निकालियो । यसका साथै नाना पाटेकरले काम गर्ने भनिएका अन्य धेरै प्रोजेक्टबाट पनि बाहिरिए । तर अहिले बलिउडमा मिटू अभियान सेलाउँदै गइरहेको छ ।

तसर्थ बलिउड फिल्म निर्माता फिरोज नाडियाडवाला उनको सुपरहिट फ्रेन्चाइज ‘वेलकम ३’ मा अभिनेता नाना पाटेकरलाई कास्ट गरेका छन् ।

यस फिल्मको निर्देशन अहमद खानले गर्ने बताइएको छ । फिल्म ‘वेलकम ३’ मा नाना पाटेकरलाई कास्ट गरिएको खबर अहिले बलिउडमा चर्चाको विषय बनेको छ । तर फिल्म निर्माण पक्षले भने अहिले नै नाना पाटेकरको कास्टिङको कुरालाई स्वीकार गर्न खोजेको छैन । निर्माण यूनिट अहिले नै यस विषयमा केही बोलेर कुनै पनि किसिमको विवादमा फस्न नचाएको बताइएको छ ।

फिल्म ‘वेलकम ३’ मा नाना पाटेकर बाहेक अभिनेता जोन अब्राहम, अनिल कपूर र परेश रावल पनि फाइनल भइसकेको बताइएको छ । यस अघिका फिल्म ‘वेलकम’ र ‘वेलकम ब्याक’ मा अभिनेता नाना पाटेकरको महत्वपूर्ण भूमिका रहेको थियो ।

तपाईको प्रतिक्रिया