Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – हास्यकलाकार सैयद बद्र उल हसन खान बहादुरको मंगलबार निधन भएको छ । उनी लखनउमा बस्थे । फिल्म इन्डष्ट्रिमा उनलाई पप्पु पोलिस्टरको नामले चिनिन्थ्यो । सन् २००८ मा रिलिज भएको ऋतिक रोशनको सुपरहिट फिल्म जोधा अकबरमा उनले मुल्ला दो प्याजाको भूमिका निभाएका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पाइसकेका छन् बेस्ट सपोर्टिङ एक्टरको नेशनल अवार्डः

सैयद बद्र उलले सन् १९९० मा रिलिज भएको टिभी सिरियल द स्वार्ड अफ टीपू सुल्तानमा मैसुर महाराजाको भूमिका निभाएका थिए । यसै पात्रले उनलाई पहिचान दिलाएको थियो ।

यही भूमिकाका लागि उनलाई बेस्ट सपोर्टिङ एक्टरको राष्ट्रिय अवार्ड पनि दिइएको थियो । उनी निकै राम्रा क्लासिकल डान्सर पनि थिए । बिरजू महाराजले उनलाई बेस्ट क्लासिकल डान्सरको अवार्डबाट सम्मानित गरेको थियो ।

फिल्मी क्षेत्रमा २५ वर्ष बढीः

उनले लगभग २५ वर्षसम्म फिल्म, टिभी सिरियल, विज्ञापन र थिएटरमा काम गरेका छन् । जोधा अकबरबाहेक उनले फिर भी दिल हे हिन्दुस्तानी, मन, खोया खोया चान्द, धुंधः द फग, इत्तेफाक, फरिश्ते, फूल र अंगारे, तेरे मेरे सपने, बादल, तुमसे अच्छा कौन हे, आप मुझे अच्छे लगने लगेजस्ता सुपरहिट फिल्ममा काम गरेका छन् ।

तपाईको प्रतिक्रिया