Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – नेप्लीज फेसन होमले आयोजना गरेको ‘मिस लिटिल नेवाः ११३९’ उपाधि सनिशा लगेजुले जितेकी छिन् । शनिवार राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा लगेजुले उपाधिसहित नगद राशी तथा विभिन्न उपहारहरु पाएकी छिन् ।

२४ जना बालिकाहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा लुस्वा मानन्धरले फस्ट रनर्स अपका साथमा मिस सोसल एम्बेसडर प्रमुख, सेलिना प्रजापतिले सेकेण्ड रनर्स अप तथा अन्वेषा कर्माचार्यले थर्ड रनर्स अपको उपाधि जित्न सफल भए । प्रतियोगितामा पलिस्ता नापितले फोर्थ रनर्स अपको उपाधिमा चित्त बुझाइन् । पस्तिाले मिस फ्रेण्डशीपको टाइटल एवार्ड पनि जितिन् ।

नेवारी भाषा, कला तथा संस्कृतिलाई जगेर्णा गर्ने तथा अहिलेको पुस्तालाई जानकारी गराउने उदेश्यले आयोजित उक्त प्रतियोगितामा बियंका खड्का ताम्राकारले मिस ट्यालेन्ट, युशिका अमात्यले मिस पर्सनालिटी, रेवती महर्जनले मिस कल्चर, जेनिशा बज्राचार्य र दृष्टि श्रेष्ठले बेस्ट हेयर, हिमानी प्रधानले मिस इनोसेन्ट, सफलता श्रेष्ठले बेस्ट नेपाल भाषा, उन्नती प्रधानले मिस फ्रेण्डशीप, कृपा स्वङ्निखा र बिनिभा सुवालले मिस फोटोजेनिक, लुस्वा मानन्धरले मिस सोसल एम्बेसडर प्रमुख, अन्वेषा कर्माचार्यले मिस सोसल एम्बेसडर प्रमुख, रिया श्रेष्ठले मिस चार्मिङ, रेहा रञ्जितले मिस डिसिप्लिन, अदिति विरबलले बेस्ट स्माइल तथा अनुष्का श्रेष्ठले मिस क्यूट तथा बेस्ट स्किनको उपाधि जित्न सफल भए ।

पूर्व प्रधानमन्त्री गोपालमान श्रेष्ठका प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा उद्योगी प्रदिपमान प्रधान, मिस नेवाः एञ्जल श्रेष्ठ, कराँते खेल विज्ञ सिहान अशोककुमार श्रेष्ठ, नमूना फेसन कलेजका जिबेश्वरलाल श्रेष्ठ तथा संगीतकार जुगल डंगोल निर्णायकको रुपमा रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया