Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – ‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? ’ मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन्। भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन्।

उत्कृष्ट ३० मा परेकी शृंखलाले शुक्रबार मध्यरातसम्म खसेको कुल भोटमध्ये २०.६८ प्रतिशत पाप्त गरेकी छन्। उनले १ लाख २ हजार ३ सय ८४ मत पाएकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी फ्रान्सकी माइभा कुको ले ३३ हजार २ सय ९७ (३.३२प्रतिशत) र अमेरिकाकी मारिसा बटलरले ३१ हजार ८ सय २६ मत (०.०४ प्रतिशत) प्राप्त गरेकी छन्। मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ।

विभिन्न च्यानल र सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणमा शृंखला उत्कृष्ट एकदेखि सात स्थानमा परेकी छन्। उनी यसवर्ष मिस वल्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति भाषभन्दा धेरै अगाडि छिन्। ‘ब्युटी विथ परपस’ भन्ने नारासहित नेपालको प्रतिनिधित्व गरेकी शृंखलाले मुलुकलाई चिनाउन विभिन्न तरिका अपनाएकी छन्।

पेसाले इन्जिनियर शृंखलाको परिचय राउन्डको भिडियो पनि भाइरल भएको थियो। सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमा शृंखलाले नेपाललाई विश्व सामु चिनाउन निकै मेहेनत गरेकी छन्।

मिस नेपाल बनेपनि मोडलिङ र चलचित्रमा अभिनय गर्ने सोच नभएको स्पस्ट पारेकी शृंखला नयाँ विषयका साथ मिस वर्ल्डमा सहभागी भएकी छन्। उत्कृष्ट विद्यार्थी र राजनीतिक पृष्ठभूमिकी शृंखलाको मिस वर्ल्ड यात्रालाई निकै चासोका साथ हेरिएको छ।

शृंखलाका बुबा सांसद विरोध खतिवडाले छोरीका लागि आफूले पनि भोट गरिरहेको बताउनुभयाे। ‘दिनभर भोटमात्र गरेर बस्ने कुरा त भएन तर भोट चाहीं गरिरहेको छु’, उहाँले भन्नुभयाे, ‘छोरीसँग दिनहुँ कुरा हुन्छ। त्यहाँको माहोलबारे छोरीसँग जानकारी लिइरहेको छु।

तपाईको प्रतिक्रिया