काठमाडौं – एकपछि अर्का चर्चित गीतहरु बजारमा ल्याउदै लाखौ दर्शक, श्रोताको मन जित्न सफल मालती डिजिटल प्रालिको पस्तुतीमा ‘मैलो चोली’ बजारमा आएको छ ।
भिडियोसहित बजारमा आएको मैलो चोलीमा सदाबहार लोकप्रिय गायिका बिष्णु माझी र गीतकार, संगीतकार तथा गायक रामु खड्काको सुमधुर आवाज रहेको छ ।
आर्थिक अवस्था कमजोर भएका एक जोडीको बास्तविक कथा समेटिएको गीतमा बर्षमा एकपटक आउने दशैंमा चोलीपनि फेर्न नसकिएको र खरको छानो चुहिएको मर्मस्पर्शी कथामा सुमन परियार र टिना श्रेष्ठको जिवन्त अभिनय देख्न सकिन्छ ।
गायक खड्काको आवाजमा यो बाह्रौ गीत हो भने उनका शब्द, लयमा हजार बढि गीत बजारमा आईसकेका छन् जुन गीत सधै चर्चामा रहे र दर्शक, श्रोताको मनपनि जित्न सफल भएका छन् ।
गीतकार, संगीतकारमा निकै सफल मानिएका खड्का गायनतर्फपनि अब्बल देखिएका छन् । बिनोद बाबू केसीको लय तथा टेकम पाण्डे ‘जिज्ञासु’ को शब्द रहेको छ भने कपिल लामाले भिडियोलाई निर्देशन गरेका छन् ।
https://www.youtube.com/watch?v=juD0YsVOPPw