Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

विमानस्थलमा कालोझण्डा देखाइने

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं– ब्राजिलको रियो दि जेनेरीयोमा हुने अन्तराष्ट्रिय वातावरण तथा दिगो विकास सम्वन्धि सम्मेलनमा भाग लिन प्रधानमन्त्री डा. बावुराम भट्टराई सोमबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
सरकार प्रमुखको हैसियतले संयुक्त राष्ट्रसंघका महासचिवको निमन्त्रणमा सम्मेलनमा प्रधानमन्त्री भट्टराई जान लागेका हुन् । नेपाल एउटा अल्प विकसित देश साथ साथै पहाडि देश पनि भएको हुनाले अल्प विकसित देश र पहाडि देशका विकास र पर्यावरणीय समस्या मुखरित गर्नको लागि सम्मेलन महत्वपूर्ण अवसर भएको प्रधानमन्त्री डा. बावुराम भट्टराईले बताए  ।
सम्मेलनमा सरकार प्रमुखको हैसियतले त्यहाँ जानु आवश्यक मात्र नभएर र्निविकल्प भएको उनको भनाइ छ । विशेष महत्वराख्ने यस सम्मेलनको विषयलाई अनावश्यक ढंगले जानेर वा नजानेर विवादमा ल्याउन उपयुक्त नहुने  प्रधानमन्त्रीले बताए ।
‘यो सम्मेलनमा जानु कुनै पार्टी वा व्यक्ति विशेषको कुरा भन्दा पनि देशको राज्यको कुरा हो,’ उनले भने ।  दिगो विकास नीति निर्माण गर्न र एक अर्काबाट सिक्नको निम्ति यो सम्मेलन महत्वपुर्ण हुने उनले विश्वास व्यक्त गरे ।
‘मुख्य रुपमा पहाडि मुलुक को समस्या अवगत गराउनको लागि यो असाध्यै महत्वपूर्ण अवसर हो,’ उहाँको भनाई थियो । सम्मेलनलाई सफल पार्न सवै एक जुट भएर लाग्नु पर्नेमा प्रधानमन्त्रीले जोड दिए ।
विश्वमा देखिएको वातावरणीय समस्या  समाधान गर्नको निम्ति संयुक्त राष्ट्रसंघको तत्ववधानमा आयोजित उक्त सम्मेलनमा विश्वका झण्डै १ सय ५० राष्ट्राध्यक्ष र सरकार प्रमुखले भाग लिने छन् । २० बर्ष पहिला ब्राजिलमानै विश्व वतावरण सम्मेलन भएको थियो ।
उक्त सम्मेलनले जलवायु परिवर्तनले भयावह स्थिति बाट उन्मुक्ति पाउनको लागि विकसित र अल्प विकसित देशका सरकार र जनताले कस्तो नीति लिनु पर्छ भन्ने विषयमा घोषणापत्र तयार पारेको थियो ।
नेपाल अति कम विकसित देशहरुको समुह ९मिअ० को अध्यक्ष रहेको छ । अति कम विकसित देशहरुको सरकार र राष्ट्रप्रमुख हरुको वैठक नेपालकै आयोजनामा त्यहाँ हुने छ । बैठककोे अध्यक्षता प्रधानमन्त्री डा. बावुराम भट्टराईले गर्नेछन् ।
नेपालकै आयोजनामा त्यो वैठक आयोजना हुने हुँदा वैठकको अध्यक्षता गर्नको लागि पनि प्रधानमन्त्री सम्मलनमा जानु पर्ने हुन्छ । ३९ देश सदस्य रहेको समुहको अध्यक्षको हैसियतले प्रधानमन्त्रीले आफ्नो कुरा राख्नु हुने छ ।
बैठकमा प्रधानमन्त्रीको अनुपस्थिति रहनु भनेको अति कम विकसित राष्ट्रको अध्यक्षको हैसियतले निर्वाह गनुपर्ने जिम्मेवारी र अन्तराष्ट्रिय दायित्व बाट विमुख भएको देखिने हुदा पनि सम्मेलनमा भाग लिन अपरिहार्य रहेको छ ।
यसको  अतिरिक्त उच्च पहाडि देशहरुको समस्याको बारेमा पनि अर्को भेला त्यहाँ हुने छ । विश्वकै उच्च पहाड नेपाल भएको हुँदा नेपालको सहभागिता महत्वपुर्ण रहने छ । सो भेला नेपाल, स्विजरल्याण्ड र पेरुको संयुक्त आयोजनामा हुने छ । भेलाको सह– अध्यक्षता नेपालले गर्ने हुँदा पनि सम्मेलनमा सहभागि हुन जरुरी भएको बताइएको छ ।
पछिल्लो चरणमा दक्षिण अमेरिकाका देशहरुमा प्रगतिशिल सरकारहरुको बाहुल्यता रहेको छ । नेपालको अहिलेको स्थिति र दक्षिण अमेरिकाका देशहरु बीच  धेरै समानाता भएको बताउँदै प्रधानमन्त्रीले  एक अर्काको स्थिति बुझ्ने पनि अवसर हुने पनि बताए ।
साथै प्रधानमन्त्री डा. भट्टराईले ब्राजीलमा हाईड्रो पावरको पनि अवलोकन गर्नेछन् र त्यसका प्रमुखहरु सँग छलफल गर्नेछन् । यसै गरी उनले विभिन्न देशका राष्ट्रप्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ ।
प्रधानमन्त्री सहमतिबिना विदेश गएको भन्दै कांग्रेस एमालेलगायत विपक्षी दलले त्रिभूवन विमानस्थलमा कालोझण्डा देखाउँदैछन् ।

तपाईको प्रतिक्रिया