Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – कमेडी फिल्म ‘साली कसको भेनाको’मा समावेश ‘माया तिमी’लाई बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको हालै राजधानीमा प्रेसमिट गरी दुई गीत र ट्रेलर देखाइएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भदौ २९ गतेदेखि प्रदर्शन हुने फिल्ममा विल्सनविक्रम राई, बुद्धि तामाङ, मरिष्का पोखरेल, रजनी गुरुङ, जयनन्द लामा, सुषमा कार्की, कविता आले, रवि गिरी, पुष्प आचार्यका साथमा नवनायक देव सागरले अभिनय गरेका छन् ।

पहिला ‘कान्छी’, ‘सन्तान’ र ‘कर्जा’ फिल्म निर्माण गरेका निर्माता तथा संगीतकार प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशीलगोपाल न्याछ्यो, काजीमान श्रेष्ठ विशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् ।

मुभिङ पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट पुष्प आचार्यले लेखेका हुन् । फिल्मका गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानको संगीत छ । भरपुर मनोरञ्जक फिल्म भएकाले आफू निकै आशावादी रहेको प्रसाद बताउँछन् ।

गाउँले परिवेशको मौलिक कथामा आधारित फिल्म आमदर्शकलाई मन पर्ने तर्क निर्देशक भुजेलको छ । फिल्ममा समावेश ‘ढलढल ढल्काउली’ बोलको गीत केही दिनपछि दर्शकमाझ ल्याइने निर्माण पक्षले जानकारी दिएको छ । सो गीतमा ‘साली कसको भेनाको’का अधिकांश कलाकारले नृत्य गरेका छन् ।

तपाईको प्रतिक्रिया