Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – नेपाल आदिवासी जनजाति महासंघ जापानद्वारा गत १० तारिख आइतबारका दिन टोकियोमा नेपालको वर्तमान परिस्थितिमा आम आदिबासी जनजातिहरुको दायित्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा चार वर्षे संविधानसभाबाट जातीय पहिचानसहितको नयाँ संविधान बन्नुको साटो उल्टै संविधानसभा बिघटन भएपछि उत्पन्न नयां परिस्थितिमा जनजातिहरुको अवस्थालाई मनन गर्दै देशभित्र तथा बाहिर रहेका आम आदिबासी जनजातिहरु तथा जनजातिसंग आबद्ध सम्पूर्ण सक्रिय पार्टीहरु एकापसमा सहकार्य गर्दै राष्ट्रिय मोर्चा तयार गर्नुपर्ने र अनुकुल परिस्थिति नआएको अवस्थामा नयाँ पार्टी नै स्थापना गर्नुपर्ने जस्ता महत्वपूर्ण धारणाहरु राख्दै आगामी दिनहरुमा नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गर्ने हरेक आन्दोलनहरुमा ऐक्यबध्दता जाहेर गरिएको छ ।

सरकारले संविधानसभा विघटन गरी नयाँ निर्वाचनमा जाने घोषणा गरिएकोमा हामी आदिबासी जनजातिहरुले त्यस्तो कुनै निराश बन्नुपर्ने आवश्यक्त देखिंदैन बरु यसले हामीहरुलाई अरु थप पाठहरु सिकाएको छ र अब अझ शसक्त भएर आफ्नो अधिकारलाई लिन पछि पर्न नहुने जस्ता महात्वपूर्ण कुराहरुमाथि ब्यापक छलफल तथा बहसहरु भएको थियो।

कार्यक्रममा महासंघमा आबद्ध सम्पूर्ण एकल जातीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहित सल्लाहकारहरु डा. दिनेश मनान्धर, ओम गुरुङ र ङवाङ सोनाम शेर्पालगायत महासंघसँग आबद्ध अन्य जातिय संघसंस्थाको पदधिकारी तथा प्रतिनिधिहरु उपस्थिति रहनुभएको थियो। कार्यक्रम लगतै बसेको बैठकले आगामी अगष्ट महिनामा बिगतका बर्षहरुमा झै आदिबासी जनजाति महासंघ जापानको आयोजनामा आदिबासी दिवसलाई भब्यरुपमा मनाउने निर्णय पनि गरिएको छ। ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया