Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

काठमाडौं – सरकार स्वेच्छाचारी बनेको विपक्षी दलले ठहर गरेका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकार स्वेच्छाचारी बनेको निष्कर्ष निकालेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बैठकले संसद् छलेर सरकारले अध्यादेशहरू ल्याएको विषयमा कडा आपत्ति जनाउँदै त्यसको विरोध गरेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ। वर्षमान पुनलगायतका नेताहरू सहभागी थिए ।

विपक्षी दलहरूले संसद्को अधिवेशन चाँडै बोलाउन माग गरेका छन् । माओवादी नेता वर्षमान पुनका अनुसार सरकारले नियमित बैठक बोलाउन अस्वीकार गरेमा विपक्षी दलहरू विशेष अधिवेशन बोलाउन माग गर्न समेत तयार छन्।

बैठकले आगामी दिनमा विपक्षी दलहरूको साझा धारणा बनाउनका लागि एक ड्राफ्ट कमिटी गठन गरेको छ, जसले केही दिनभित्र आफ्नो प्रस्ताव सार्वजनिक गर्ने तयारी गरेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया