Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

केन्ट – बेलायतमा रहेका बाँसुरीप्रेमीहरुको आइतबार अभ्याससहितको एक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

’बाँसुरी चौतारी’ बेलायतले एम्पायर हल, अल्डरसटमा पहिलोचोटी साधारण भेटघाट तथा अभ्यास कार्यक्रमको आयोजना गरेको हो ।खड्क क्षेत्रीको संयोजकत्वमा ’बासुरी चौतारी बेलायत’ को फेसबुक पेज खोलेयता बेलायतको बिभिन्न स्थानहरुमा रहेका बाँसुरीप्रेमी तथा बाँसुरीवादकहरु फेसबुक पेजमार्फ जोडिदैं आएका थिए । फेसबुक पेज मार्फत उनीहरुले आ-आफ्ना बाँसुरीका धुनहरु सुनाउँदै आएका थिए । बाँसुरी चौतारी बेलायतको फेसबुक पेजमा बेलायत भन्दा बाहिरका केहि बाँसुरीका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुलाई पनि जोडिएको छ ।

भेलाको पहिलो सत्रमा बाँसुरी वादनमा डिप्लोमा गरेका शाष्त्रिय संगीत सिकेका साथै बाँसुरीमा एक दशकभन्दा लामो समय खोज अनुसन्धान गरेका दिपक चाम्लिङ्ले बाँसुरी वादन बारे आ ना अनुभवहरु सुनाउनुका साथै केही बाँसुरीका धुन पनि प्रस्तुत गरेका थिए ।

भेलाको दोस्रो सत्रमा उपस्थित सबै सदस्यहरुले क्रमशः बाँसुरीका धुनहरु प्रस्तुत गरेका थिए । तत्पश्चात समुहमा बाँसुरी वादनको अभ्यास गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा, संयोजक खड्क क्षेत्रीले भेलाको औचित्य बारे प्रकाश पार्दै फेसबुक पेजलाई चाँडै सार्बजनिक गरिने र बाँसुरीको धुन सुन्न मन पराउनेहरुका लागि खुल्ला गरिने जानकारी दिए । भेलाको समापनपछि उनीहरुले एम्पायर दोहोरी साँझमा गएर बाँसुरीको धुनहरु प्रस्तुत गरेका थिए ।

भेलामा संयोजक खड्क क्षेत्री, सल्लाहकार दिपक चाम्लिङ् सहित सदस्यहरु सुरेन्द्र इङ्नाम, भरत लोहोरुङ् राई, सेमन्त राई, मेघ गुरुङ, कुल थापा, विस पुन मगर, लोकबहादुर थापा, भूपाल गुरुङ, पदम गुरुङ लगायतका बाँसुरीवादकहरुको उपस्थिति रहेको थियो । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया