Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

टोकियो – सेवा (SEWA) जापानद्वारा हालै नेपालमा अन्तर माध्यामिक विद्यालय छात्रा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

विगत २५ वर्षदेखि विपन्न वर्गका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरी शिक्षाको क्षेत्रमा योगदान पुर्‍याउँदै आएको सेवा (सोसाइटी फर एडुकेटिङ उमन इन एशिया) ले आफ्ना छात्राहरुबीच कविता वाचन प्रतियोगिताको आयोजना गरेको हो ।

छात्राहरुको मनोबल बृद्धि गर्ने र उनीहरुमा रहेको प्रतिभा उजागर गरी नेपाली भाषा, साहित्यप्रति पनि प्रोत्साहित गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको सेवाकी अध्यक्ष सुष्मा ओमाताले समुद्रपारिलाई बताउनुभयो ।

८ वटा विद्यालयका १७ जना छात्राहरुले भाग लिएको सो प्रतियोगितामा दृष्टिविहिनदेखि वाकशक्तिविहिन छात्राहरुले समेत भाग लिएका थिए । उनीहरुले ब्रेललिपी र साँकेतिक भाषा प्रयोग गरी कविता वाचन गरेका थिए

प्रतियोगितामा प्रथम हुने सेतीदेवी माध्यामिक विद्यालयकी कक्षा १० की छात्रा मञ्जरी वाईवा, द्वितीय हुने लेवोरेटरी उच्च माध्यामिक विद्यालयकी कक्षा १० की दृष्टिविहीन छात्रा स्मारिका पोखरेल र तृतीय हुने फर्पिङ उच्च माध्यामिक विद्यालयकी कक्षा १० की छात्रा प्रतिक्षा घिमिरेलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

जापानको एक स्वयमसेवी समुह सेवाले काठमाडौंको फर्पिङ क्षेत्रमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । सेवाको सहयोगबाट अध्ययन गरेका दर्जनौ छात्राहरुले स्नातक तथा स्नाकोत्तर डिग्री हासिल गरी नर्स, शिक्षिका, सरकारी कर्मचारी लगायतका मर्यादित क्षेत्रका बिभिन्न पेशा अंगालिसकेका छन् ।

विगत चार दशक भन्दा लामो समयदेखि जापानमा बस्दै आउनुभएकी सुष्मा आफै पनि साहित्यप्रति गहिरो अभिरुची राख्नुहुन्छ भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानमा पनि आबद्ध हुनुहुन्छ ।***

तपाईको प्रतिक्रिया