Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – मान्छेलाई प्रकृति सँग नजिक पार भन्ने नारा सहित आज विश्व वातावरण दिवस मनाईएको छ । दिवसका अवसरमा बिभिन्न संघसंस्थाले सचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् । दिवसमा एक भिडियो सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई आफुलाई मन पर्ने एक फलफुलको विरुवा रोप्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विश्व वातावरण दिवसका अवसरमा ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै । प्रधानमन्त्री केपी शर्मा ओली विश्व वातावरण दिवसको अवसरमा सिंहदरबारमा ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियानको शुभारम्भ गर्दै । विश्व वातावरण दिवसको अवसरमा सिंहदरबारको बगैँचामा बिरुवा रोपेर ‘एक नेपाली एक फलफूलको बिरुवा’ अभियानको शुभारम्भ कार्यक्रममा सहभागी हुँदै उपप्रधानमन्त्री र्इश्वर पोख्रेल । विश्व वातावरण दिवसका अवसरमा ललितपुरमा प्रभातफेरिमा सहभागी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत । विश्व वातावरण दिवसका अवसरमा ललितपुरमा आयोजित प्रभातफेरिमा सहभागी विद्यार्थी । 

-तस्बिरः रासस

तपाईको प्रतिक्रिया