मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो-बागलुङको दुर्गम गाउमा एम्बुलेन्स पाएपछि स्थानीयबासी हर्षित भएका छन । बागलुङ जैमिनी नगरपालिका २ दमेक बनहुका स्थानीयहरु गाउमा एम्बुलेन्स पाएपछि हर्षित बनेका हुन । बिरामी हुदा उपचारको लागि अस्पताल ल्याउन नसक्दा पटक पटक बिभिन्न समस्याका साथै ज्यान नै गुमाउने गरेका दमेकका स्थानीयहरु गाउमा नै एम्बुलेन्स पाएपछि निकै खुशी भएका छन ।
सडक सञ्जाल पुगेपनि बिरामी परेको समयमा सदरमुकाम बागलुङ लगाए पोखरा काठमाण्डौ लैजान नसकेर समस्या झेल्दै आएका स्थानीयलाई एम्बुलेन्स पाएपछि ठूलो राहत मिलेको छ । दमेकका बिष्णु सापकोटाको पहलमा जापान स्थित सन्स वर्ल्ड भिजनले गाउमा नै पुगेर स्थानीयलाई एम्बुलेन्स प्रदान गरेको छ ।
स्थानीयको उपचारमा सहज होस भन्नको लागि जापानबाट नै आएको सन्स वर्ल्ड भिजनका कार्यकारी प्रमुख काजु योसी यामानो सहितको टोलीले एम्बुलेन्स गाउमा नै लगेर प्रदान गरेको हो । अत्याधुनिक एम्बुलेन्स पाएपछि उपचार नपाएर ज्यान नै गुमाउन पर्ने समस्या झेल्दै आईरहेको समयमा अब भने सहज हुने स्थानीयबासी नौरेस्वर सापकोटाले बताए ।
अस्पतालसम्म पु¥याउन साधन नभएर केही बर्ष पहिला माटोले पुरिएका एक जनाको ज्यान गयो,स्थानीय स्वंयम सेविका लक्ष्मीदेवी सापकोटाले भन्नुभयो,अहिले एम्बुलेन्स पाएपछि पहिले भोग्नु परेका समस्याको अन्त्य हुने भएको छ ।
गाउमा नै अस्पताल नभएको अवस्थामा बिरामी,सुत्केरी लगाए अन्यलाई उपचारको लागि एम्बुलेन्सको माध्यबाट सदरमुकाम पु¥यान निकै सहज हुनेमा स्थानीयले बिश्वास लिएका छन । ३५ लाख रुपैयाको लागतमा एम्बुलेन्स उपलब्ध गराईएको छ । एम्बुलेन्स संचालनको लागि  लक्ष्मीनारायण  पञ्चदेव मन्दिरलाई जिम्मा दिईएको छ ।
सन्स वर्ल्ड भिजनले एम्बुलेन्ससगै दमेक २ बनहु स्थित सरस्वती आधारभुत बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई मध्यनजर गर्दै अत्याधुनिक भवन समेत निमार्ण गरेको छ । शैक्षिक गुणस्तर विकासको लागि निमार्ण गरिएको भवनको जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलले उदघाटनपछि बिद्यालयलाई प्रदान गरिएको छ । ४५ लाख रुपैयाको लागतमा भवन निमार्ण गरिएको छ । भवन नहुदा अस्थायी रुपमा अध्ययन गराउदै आएको र अहिले नया भवन पाएपछि बालबालिकाको पठाईमा सहज हुने बिद्यालयका प्रधानध्यापक छबिलाल सापकोटाले बताए ।
बिद्यालयमा नया भवन निमार्ण भएपछि एक सय जना बिद्यार्थीहरुलाई अध्ययनमा सहज पुगेको छ । आफनै स्रोत र साधनबाट काम अगाडि बढाउन नसकेका यहाका स्थानीयहरु एकै पटक एम्बुलेन्स र बिद्यालयको भवन पाएपछि दंग भएका छन । रोजगारीको लागि बिदेश गएपनि आफनो देश र ठाउको लागि केही लगानी गर्नुपर्छ भन्ने सोचका साथ भवन निमार्ण र एम्बुलेन्सको लागि पहल गरेको जापानमा रहनुभएका  बिष्णु सापकोटाले बताए ।
अस्पतालसम्म उपाचार गर्न नपुगेर कतिले अकालमा ज्यान गुमाएको र बिद्यार्थीहरुको पढाईमा भौतिक संरचना नहुदा कठिनाई परेकोले आफनै पहलमा जापानीको सन्स वर्ल्ड भिजनमार्फत सहयोग गरिएको सापकोटाले बताए । भवन उदघाटन एवं एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिका प्रमुख इन्द्रराज सापकोटा,पुर्व सांसद प्रकाश शर्मा पौडेल,जैमिनी २ का वडा अध्यक्ष लक्ष्मी सापकोटा,शिक्षा विकास तथा समन्य ईकाईका प्रमुख गुरुप्रसाद पौडेल, ,सन्स वर्ल्ड भिजनका कार्यकारी प्रमुख काजु योसी यामान ,सहयोगदाता बिष्णु सापकोटा,भवन निमार्ण समितिका अध्यक्ष प्रेम सापकोटा लगाएतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया