Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्बको अख्तियारी दिएको छ ।

प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई यस्तो अख्तियारी दिएको हो । सबै जिल्लामा निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेकोले अनुदान रकमको माग उच्च हुन सक्ने भन्दै थप रकमको अख्तियारी दिएको प्राधिकरणले जनाएको छ । यस्तै थप ५ अर्ब रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह समेत गरेको छ।

जिल्लाबाट माग भएअनुसार रकम समेत पठाइसकेकोले ढुक्क भएर निजी आवास निर्माणलाई अघि बढाउन प्राधिकरणले लाभग्राहीलाई आग्रह गरेको छ । तथ्यांकअनुसार २ लाख ९१ हजार ८ सय ९५ घर निर्माणाधीन छन् भने दोस्रो किस्ताका लागि २ लाख २७ हजार ८ सय ५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् । निजी आवास निर्माणका लागि विश्व बैंकले दिने थप ३० अर्ब ऋण सहयोगको यही माघ पहिलो  साता विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भइसकेको छ ।

तपाईको प्रतिक्रिया