काठमाडौं – सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ ।
बुधबार सुन तोलाको ५७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको हो । यस्तै तोलामा ५ रुपैयाँ घटेर चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।