Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – मंगलबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको हो । सोमबार सुन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी पनि तोलामा पाँच रुपैयाँ बढेको छ ।

सोमबार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया