Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

नुवाकाेट – जिल्ला प्रशासन कार्यालय नुवाकोटमा  पाँच सयको नक्कली नोट फेला परेको छ । प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो ।

राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको प्रशासन कार्यालयका लेखापाल रामजी लम्सालले जानकारी दिनुभयो । नक्कली नोटको नंं ग (४६) ०३६८६० रहेको छ । झट्ट हेर्दा सक्कली जस्तै देखिने नक्कली नोट प्रशासन कार्यालय र बैंकका कर्मचारीले गणना गर्ने क्रममा समेत थाहा नभएको र उपकरणमार्फत गणना तथा जाँच गर्ने क्रममा पत्ता लागेको हो ।

नक्कली नोट केही बाक्लो रहेको भए पनि प्रयोगमा आएर पुरानो भइसकेकाले सक्कल सरह देखिएकाले सहज रुपमा पत्ता लाग्न कठिनाई देखिएको लेखापाल लम्सालले बताउनुभयो । नक्कली नोटलाई बैंकले नियन्त्रणमा लिएको छ । बैंककाअनुसार नक्कली नोटमा सक्कल जस्तै देखिने गरी सुरक्षा सिल (तार जाली) समेत लगाइएको छ भने आकार र रंग उस्तै रहेको छ ।

नक्कली नोट भेटिएपछि सचेत भएको प्रशासन कार्यालयले नोटको जाँच तथा परीक्षणको लागि उपकरण खरिद गर्ने तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया