Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – शुक्रबार सुनको मूल्य पुनः उकालो लाग्यो । स्थानीय बजारमा सुनको भाउ तोलाको ५८ हजार रुपैयाँ नजिक पुगेको हो ।

अन्तर्राष्ट्रिय बजार पछ्र्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलामा १०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलाको ७६० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४८ डलर हाराहारीमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया