Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – तुलसीको पातमा औषधीय गुण हुन्छ । जुन कुरा धेरै कमलाई थाहा हुन सक्छ । तुलसीको प्रयोगले जाडोबाट बचाउनुका साथै खोकी, दाँत तथा स्वासप्रश्वासम्बन्धी रोगलाई पनि निको पार्ने गर्छ । यसको नियमित प्रयोगले मानिसमा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ । यस्ता छन् तुलसीको पात सेवनका फाइदा :

मधुमेहको खतरा कम गर्छ 

तुलसीको पातमा युजिनोल, मिथाइल युजिनल र केरियोफिलिन हुन्छ । जसको कारण प्यान्क्रियटिक बिटा सेल्सले शरीरमा राम्रो काम गर्न थाल्छ । जसले शरीरमा इन्सुलिनको पनि स्वाभाविक विकास हुन्छ । यसो हुँदा रगतमा चिनीको मात्रा सन्तुलित हुन्छ । जसकारण मानिस मधुमेहको रोगबाट बच्न सक्छ ।

तनावबाट छुटकारा
विभिन्न अनुसन्धानअनुसार तुलसीको पातमा तनाव कम गर्ने हर्मोन कार्टिसोल पाइन्छ । दैनिक १२ वटा तुलसीको पात सेवन गरेमा तनावबाट छुटकारा पाउन सकिन्छ ।

क्यान्सरको खतरा दूर
तुलसीमा एन्टिअक्सिडेन्ट र एन्टिकर्सिनोजेनिक गुण हुन्छ । जसले स्तन र मुखको क्यान्सर हुनबाट जोगाउँछ ।

तुलसीको १० वटा पात र ल्वाङलाई एक ग्लास पानीमा उमाल्नुहोस् । अनि त्यसमा सिदेनुन पनि राख्नुस् । यसरी उमालेको पानी पिउँदा शरीरलाई न्यानो राख्न मद्दत गर्छ ।

पेटको समस्या छ ?
तुलसीको रस पिउनाले पेटको समस्याबाट पनि मुक्ति पाइन्छ । तुलसीको पातको नियमित सेवन गर्दा समयमा भोक लाग्ने, कार्यक्षमतामा विकास हुने, रगतमा कोलस्ट्रोलको मात्रा कम गर्ने हुन्छ । त्यस्तै, ग्यास्ट्रिक, पेटको दुखाइ, कोलाइटिसजस्ता रोग पनि निको पार्ने काम गर्छ ।

टाउको दुखाइबाट राहत 
यदि तपाईंमा साइनसिस, एलर्जी, टाउको दुखाइको समस्या छ भने पनि तुलसीको प्रयोग गर्न सक्नुहुन्छ । तुलसीको पातलाई पानीमा उमालेर पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।

छालाको समस्याबाट मुक्त
छालासम्बन्धी विविध रोग छ भने त्यसलाई तुलसीको मद्दतले निको पार्न सकिन्छ । दाद, एलर्जी भएको ठाउँमा तुलसीको पात मिचेर लगाउँदा यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । त्यस्तै, सुत्नुअघि अनुहार र छालामा तुलसीको तेल लगाउन पनि सकिन्छ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ 
तुलसीको पातलाई धुनुहोस् र चपाएर मनतातो पानीसँग पिउनुहोस् । त्यसको ३० मिनेटसम्म केही पनि नखानुस् । नियमित रूपमा एक महिनासम्म यस्तो गतिविधि गरेमा शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया