शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो–गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद्ले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको असामयिक निधनप्रति गहिरो दुख प्रकट गरेको छ ।
संघका प्रवक्ता भुषण घिमिरेद्धारा जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा दाहालको निधनले संघलाई स्तब्ध बनाएको बताइएको छ । वक्तव्यमा भनिएको छ –संघ स्वर्गीय दाहालको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँका परिवारजनलाई यस शोकको घढीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना प्रकट गर्दछ ।
पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको आइतबार हृदयघातबाट अल्पायु मै निधन भएको हो ।

तपाईको प्रतिक्रिया