मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा ऐनको नवौं संशोधन प्रमाणीकरण गर्नुभएको छ ।

गत असोज २३ गते प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा दर्ता भएको शिक्षा (नवौं संशोधन) विधयेक, २०७४ आज प्रमाणीकरण गर्नुभएको हो । संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले प्रमाणिकरण गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले दिनुभयो ।

यस अगाडि नवौं संशोधनको प्रमाणीकरण हुनुहुँदैन भन्दै चर्को विरोध भएको थियो । अस्थायी शिक्षकको माग पूरा गराउनका लागि शिक्षामन्त्री गोपालमान श्रेष्ठले संशोधन दर्ता गरेको भन्दै विभिन्न शिक्षाविद्हरुले विरोध गर्दै आएका थिए । संशोधन प्रमाणीकरण भएसँगै अस्थायी शिक्षकका लागि आह्वान गरिएको शिक्षक परीक्षाका लागि बाटो खुलेको छ ।

यस अगाडि अस्थायी शिक्षकका आन्दोलन तथा विभिन्न कारणले शिक्षक सेवा आयोगले शिक्षक परीक्षा पटक पटक सार्नु परेको थियो ।

तपाईको प्रतिक्रिया