आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं  – नेपालीहरुको महानपर्व बडा दशैँ सबैको घर दैलोमा आइसकेको छ । रोजगारीको शिलशिलमा विदेसिएकाहरु गाँउ घर फर्किसकेका छन् । गाउँघर तिर कमेरो र सेतो माटोले घर पोतेर रंगीचंगी बनाइएको छ, भने शहरका घरहरु पनि विभिन्न कलर गरेर सजाइएको छ ।  वर्ष दिनमा एकपटक आउने दसैं सबैंले आ–आफ्नै तरिकाले मनाउँछन । यता कलाकारहरु पनि आ–आफ्नै तरिकाबाट दशैँलाइ मान्दै आएका छन । यसै क्रममा लोकदोहोरी क्षेत्रमा अनबरत रुपमा लाग्नुभएका अग्रज तथा अनुज सर्जकहरुलाई हामीले यो वर्षको दसैं कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेका छौं ।

नारायण रायमाझी
वरिष्ठ लोक गायक संगीतकार तथा निर्देशक नारायण रायमाझी यो वर्षको दसैंमा आफ्नै गाउँ पाल्पामा गएर मनाउने सोचमा हुनुहुन्छ । साथीभाई इष्टमित्र सबै एकै ठाउँमा भेट हुने हुँदा पनि दसैं उहाँका लागि खास लाग्ने गर्छ । साथै, समुद्रपारीसँगको कुरामा उहाँले सबैलाई विजयादशमीको शुभकामना समेत दिनुभएको छ ।

लोकदोहोरी गायक पशुपति शर्मा
सधैं कार्यक्रममा व्यस्त रहने गायक पशुपति शर्माले यो वर्षको दसैंदेखि एउटा संकल्प लिनुभएको छ । सधैं कार्यक्रम भनेर देश विदेश धाईरहँदा परिवारसँग दसैं तिहार मनाउन नपाउने भएकाले अबदेखि दसैं तिहारमा कतैंको कार्यक्रममा नगई परिवारसँग चाडवाड मान्ने बताउनुभयो । दशैको यो अबसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीमा मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नुभयो । दसैं मनाउनकै लागि जन्म घर स्याङजा पग्नुभएका उहाँ यो पटकको दसैंमा ससुराली पनि जाने सबै साथीभाईसँग रमाइलो गर्ने सोचमा हुनुहुन्छ ।

गायिका टिका पुन
धेरैवर्षपछि जन्म थलो सुर्खेत पुग्नुभएकी गायिका टिका पुन सबै देश विदेशका कार्यक्रम स्थगित गरेर रमाइलो सँग दसैं मान्ने सोचमा हुनुहुन्छ । पिङ खेल्ने घर परिवार, आफन्त सबैसँग भेटघाट हुने हुँदा रमाइलो लाग्छ दसैं उहाँले भन्नुभयो । साथै, उहाँले दसैंमा मासु खान नयाँ लुगा लगाउनुपर्छ भन्ने छैन घर परिवार सबैसँग रमाएर मनाउने पर्व भएकाले सबैले हर्षो उल्लासका साथ मनाउनु होला भन्न चाहान्छु ।

गायक तथा मोडल पुस्कल शर्मा
विभिन्न कार्यक्रममा व्यस्त रहनुभएका गायक तथा मोडल पुस्कल शर्मा पनि यो वर्षको दसैंमा आफ्नै गाउँ पाल्पा गएर मनाउँदै हुनुहुन्छ । आफ्नै गाउँ घर परिवारसँग चाडवाड मनाउँदाको छुटै रमाइलो सुनाउनुभयो । कार्यक्रमका लागि कहिले देशका विभिन्न ठाउँ त कहिले विदेशका विभिन्न ठाउँ पुग्ने हुँदा चाडवाडमा परिवारसँग हुँदा रमाइलो हुने बताउनुभयो । साथै, सम्पूर्ण नेपालीहरुमा दसैंको शुभकामना दिँदै सुख शान्ती र सु स्वास्थको कामना गर्छु भन्नुभयो ।

 

संगितकार रामु खड्का
संगितकार रामु खड्का वर्षभरि काममा व्यस्त हुने हँदा दसैं तिहार आफ्नै घरमा मान्ने बताउनुहन्छ । सल्यान घर हुनुभएका उहाँले वर्ष दिनमा एक पटक आउने पर्व दसैं र तिहारका लागि एक महिना छुटएको बताउनुभयो । दसैं मान्न घर गएका बेला विभिन्न कार्यक्रममा भने सहभागीता जनाउने उहाँले जानकारी दिनुभयो । साथैं सम्पूर्णलाई दसैंको शुभकामना समेत दिनुभयो ।

मोडल बिमल अधिकारी
मोडल विमल अधिकारीले यो वर्षको दसैं आफ्नै जन्मथलो स्याङजामा नै मनाउदैं हुनुहुन्छ । दसैंको अवसर पारेर आयोजना गरिएका विभिन्न ४ वटा कार्यक्रममा सहभागी हुने भन्दै उहाँले दसैंमा सबैं आफन्तहरुसँग भेटघाट पनि हुने हँदा रमाइलो लाग्ने बताउनुहुुन्छ । उहाँ भन्नुहुन्छ, बुवा आमाको हातबाट टिका जमरा लगाएर आशिष लिन्छु । साथै सम्पर्णलाई विजयादशीको शुभकामना दिन्छु ।

मोडल निरुता शाही
मोडल निरुता शाही सम्पूर्ण कार्यक्रम स्थगित गरेर भएपनि दसैं मनाउन चितवन जाँदै हुनुहुन्छ । भर्खरै विहे बन्धनमा बाँधिएकाले पनि उहाँका लागि यो वर्षको दसैं अन्य वर्षको भन्दा केही फरक छ । नयाँ घर नयाँ परिवार तर पनि रमाइलो गर्ने ठूला बडाको हातबाट टिका जमरा लगाएर आशिस लिने बताउनुहुन्छ । दसैं लगत्तै भने विभिन्न कार्यक्रममा सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

मोडल सारिका के.सी
मोडल सारिका के.सी दसैं मान्नकै लागि यतिबेला जन्मथलो बाग्लुङ पुगिसक्नुभएको छ । समुद्रपारीसँगको कुराकानीमा उहाँले भन्नुभयो, घरपरिवारहरुसँग रमाइलो गरेर दसैं मनाउँछु । सुटिङ कार्यक्रम भनेर अघिपछि घरपरिवारलाई समय दिन पाइएको हुँदैन त्यसैले यही मौका पारेर परिवारसँग नि समय बिताउन पाइनी त्यो भएकाले नि खास लाग्छ दसैं । बर्ष भरि कामले घर आउन पाइँदैन दसैंमाचाहिँ सबैकुरा छोडेर परिवारसँग मनाउने हुँदा एकदम रमाइलो लागेको छ । साथमा मान्यजनको हातबाट टीका जमरा आशिर्वाद ग्रहण गर्ने ,विभिन्न परिकारको साथ त छदैछ । सम्पूर्ण नेपालीहरुलाई दशैको हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नुभयो ।

मोडल आरुसी मगर
बाँकेको खजुरा घर भएकी मोडल आरुसी मगर अहिले पनि विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ । तर वर्ष दिनमा एकपटक आउने दसैं भने गाउँमा नै गएर मनाउने सोचमा हुनुहुन्छ । पिङ खेल्ने मामाघर जाने र रमाइलो गर्ने उहाँको यसपटकको योजना छ । समुद्रपारीसँगको कुराकानीमा उहाँले सबैलाई दसैंको शुभकामना पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया