Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – सोनी च्यानलले अन्तत आफ्नो चर्चित कमेडि कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शुक्रबार च्यानलले ‘द कपिल शर्मा शो’ बन्द गर्ने निणर्य गर्दै उक्त समयमा अर्का कमेडियन कृष्णा अभिषेकको ‘द ड्रामा कम्पनी’ प्रशारण गर्न लागेको बताएको छ ।

सोनी इन्टरटेनमेन्ट टेलिभिजनले अचानक चर्चित कमेडि कार्यक्रम बन्द गर्नुको कारण कपिल शर्माको स्वास्थ्यस्थिति उल्लेख गरेको छ ।

तर, भारतीय सन्चारमाध्यमहरुका अनुसार शो बन्द हुनुको कारण कपिल शर्माले सहकर्मी सुनिल गोब्ररसँग झगडा गर्नु र पछिल्लो समय भारतीय नायक अजय देबगन लगायतको टोलिले ‘शो’को छायाँकन बहिस्कार गर्नु रहेको उल्लेख गरेका छन् ।

यि दुबै घटनाले ‘द कपिल शर्मा शो’ले आफ्नो टीआरपीमा गुमाएपछि त्यसको सट्टामा सोनी च्यानलले कपिल शर्माकै प्रतिस्पर्धी कृष्णा अभिषेकको ‘द ड्रामा कम्पनी’ प्रशारण गर्न लागेको बताइएको छ ।

‘द कपिल शर्मा शो’ का मुख्य कलाकार कपिल शर्माले अष्ट्रेलियाबाट भारत आउने क्रममा मदिरा पिएर हवाइजहाजभित्रै सुनिल ग्रोवर (डक्टर गुलाटी) माथि हातपात गरेपछि अन्य कलाकारले शो छोडेका थिए । उक्त घटनापछि एक्लै भएका कपिलले शोलाई अगाडी बढाउन निकै कोशिस गरेपनि दर्शकले मन पराउन छोडेको थिए ।

विस्तारै शो को लोकप्रियता घट्दै गैरहेको पछिल्लो समयमा नायक अजय देबगन आफ्नो टोलिसहित आफनो फिल्म बादशाहोको प्रमोशनका लागि शोमा भाग लिन गएका थिए । तर, कपिलकै कारण उनीहरुले शो बहिस्कार गरेपछि फेरि कपिल विवादमा परेका थिए ।

यसको असर दर्शकमा परेपछि शोको लोकप्रियतता एक्कासी घटेको र सोनि च्यानल आफ्नो लोकप्रिय कमेडि कार्यक्रम बन्द गर्न बाध्य भएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया