Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – नेपाल जापान युथ क्लवको गत शनिबार बिबिक्यू वनभोज सम्पन्न भएको छ ।

युवाहरुबिच पारस्परिक भेटघाट, मेलमिलाप र सहयोग एवं सद्भाव आदानप्रदान गर्ने उद्देश्यले गोल्डेन उइकको लामो बिदाको अवसरमा आयोजित उक्त बिबिक्यू वनभोजमा कार्यक्रमका संयोजक लेनिन भट्टचनले उपस्थित महानुभावहरुलाई हार्दिक स्वागत गरेका थिए ।

नेपालको राष्ट्रिय झण्डा फहराउँदै मादल, गितार, तबला आदि बजाएर नेपाली गीत र सगीतमा रमाउँदै सहभागीहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

अन्तमा, क्लवका संयोजक तासी लामाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यबाद ज्ञापन गरेका थिए ।

निशी कासाईको रिन्काई कोयनमा भएको उक्त कार्यक्रमको प्रायोजन दिनेश लिक्वेयर कम्पनी लिमिटेडले गरेको थियो । ***

 

 

तपाईको प्रतिक्रिया