Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सरकारले बाढी प्रभावित जिल्लाका बालबालिकामा कुपोषणको समस्या देखिने सम्भावना उच्च रहेको जनाएको छ । स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. चुडामणी भण्डारीले पोषणका दृष्टिले सन्तोषजनक नरहेको तराई क्षेत्रमा बाढीले झनै कुपोषणको समस्या निम्त्याउन सक्ने बताउनुभयो ।

डा. भण्डारीका अनुसार अति प्रभावित जिल्ला सिरहा, सप्तरी र महोत्तरीका बालबालिकामा कडा खालको कुपोषण देखा परिसकेको छ । बाढीले घरमा रहेको अन्नपात तथा खेती, पशुचौपाया बगाएपछि पौष्टिक आहारको कमी हुँदा कुपोषणको समस्या जटिल बन्दै गएको छ । विशेषगरी बाढीबाट विस्थापित भएका परिवारका बालबालिका, गर्भवती तथा स्तनपान गराउने महिलामा कुपोषणको समस्या आगामी दिनमा बढ्ने सम्भावना रहेको भण्डारीले बताउनुभयो ।

केही दिनभित्रै आवश्यक खोप, जुकाको औषधी, भिटामिन ए लगायत अन्य औषधी थप्ने तयारी भएको भण्डारीले जानकारी दिनुभयो । कुपोषणको समस्या बढ्न नदिन प्रभावित जिल्लामा सरकारले जनस्वास्थ्य अभियान अन्तर्गत सञ्चालित स्वास्थ्य शिविरबाट पोषणसम्बन्धी कार्यक्रम गरिरहेको छ ।

प्रभावित जिल्लाका बालबालिकामा निमोनिया, झाडापखाला लगायतका समस्या पनि बढ्न सक्ने सम्भावना देखिएको छ ।

तपाईको प्रतिक्रिया