Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – बाढी/पहिरो प्रभावित क्षेत्रमा कुनै पनि रोग वा स्वास्थ्यको समस्या नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्य शिविर, अस्थायी स्वास्थ्य केन्द्र तथा आफू अन्तर्गतका निकायबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । जसमध्ये हालसम्म करिब २४ हजार १६९ जनालार्इ स्वास्थ्य सेवा प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ ।

केन्द्रीय, क्षेत्रीय तथा जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित जिल्लामा एक हजार ५०० स्वास्थ्यकर्मी परिचालन भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले जानकारी दिनुभयो । साथै औषधि, अन्य उपकरणको मागअनुरुप वितरण समेत भइरहेको उहाँले बताउनु भयो ।

प्रभावित जिल्लामा सञ्चालन भएको कार्यक्रमको समीक्षा गर्दै तत्काल समस्याको सम्बोधनसमेत हुने गरेको महानिर्देशक पन्तको भनार्इ छ ।

तपाईको प्रतिक्रिया