टोकियो – एनआरएन जापानको आठौं अधिवेशन अन्तर्गत गठन भई निर्वाचन सम्पन्न गर्न जिम्मेवारी पाएको निर्वाचन समितिले सदस्य मतदाताहरुको अन्तिम नामावली सार्बजनिक गरेको छ ।
समितिले अख्तियार गरेको कार्यतालिका बमोजिम शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको हो । यसैगरी निर्वाचन विद्युतीय प्रणाली अनुसार हुन गईरहेको कुरालाई ध्यानमा राख्दै प्रकाशित नामावलीका सम्बन्धमा मतदाता सदस्यहरुले आफ्नो सदस्यता आईडी वा पासवर्ड सम्बन्धि कुनै जानकारी चाहिएमा अगस्त ५ तारिख अपरान्ह १ बजेदेखि देखि १० तारिख अपरान्ह ५ बजे सम्म एनआरएन जापानमा सम्पर्क गर्न अपील गरिएको छ । थप जानकारीका लागि यहां क्लिक गर्नुहोला ।
निर्वाचन समितिले सार्बजनिक गरेको अन्तिम नामावली देहायबमोजिम रहेको छ ।