Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

रुपन्देही – बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा एमालेको प्यानलनै विजयी भएको छ ।  १९ वडा मध्ये १७ वटा वडाको मतगणना सकिदा  ४६ हजार ६ सय ६१ मतगणना भई सकेको छ ।

अहिले सम्मको मतगणना अनुसार उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदीले २२ हाजर ३५ मत ल्याएर अग्रता कायम राख्नु भएको हो ।

उहाँलाई नेपाली कांग्रेसका खेलराज पाण्डेले १९ हजार ३ सय ५४ मतका साथ पछ्याई रहनुभएको छ । त्यस्तै उपमेयरमा पनि एमालेकै गुमादेवी आचार्य अगाडि हुनुहुन्छ ।

उहाँले २४ हजार २४ मतका साथ अग्रता कायम राख्नुभएको हो । उहाँलाई माओवादी केन्द्रका उपमेयरका उम्मेदवार जगतबहादुर पोखरेलले १३ हजार ५ सय ९४ मतका साथ पछ्याई रहनुभएको छ ।

तपाईको प्रतिक्रिया