कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ । कांग्रेसका मंगलप्रसाद थारु १५ हजार ७ सय ३८ मतसहित मेयरमा विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी एमालेकी विमला घिमिरेले १५ हजार ३ सय १९ मत पाउनुभयो । उपमेयरमा भने एमालेका चक्र अर्याल १५ हजार ९ सय ४७ मतसहित विजयी हुनु भएको छ ।
प्रतिद्वन्द्वी माओवादी केन्द्रका टोपनारायण बेल्वासेले १२ हजार ३ सय ५६ मत ल्याउनु भयो । यो नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।