Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

लुभेन – नेपाल पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशनद्वारा आगामी तिन वर्षे कार्यकाल (२०१७-२०२०) का लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित हुनुभएको छ ।

महासंघका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएकोअधिबेशनको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारीले दीप प्रज्वलन गरि उदघाटन गर्नुभएको थियो ।

राष्ट्रगानबाट शुरु भएको अधिबेशन समारोहमा सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पनि गरिएको थियो । सो अवसरमा युरोपका बिभिन्न मुलुकहरुबाट उपस्थित विशेष अतिथिहरुद्वारा अधिवेशन सफलताको शुभकामना मन्तब्य व्यक्त गरेका थिए |

शुभकामना मन्तब्य व्यक्त गर्नेहरुमा महासंघका वरिष्ठ उपाध्यक्ष भण्डारी, पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गी मगर, कामना प्रकाशन समूहका अध्यक्ष पुष्करलाल श्रेष्ठ, गैह्र आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव अर्जुनकुमार श्रेष्ठ, मानार्थ पर्यटनदूत रवीन्द्रमान श्रेष्ठ, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य नेत्र मगर, एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएनए पोर्तुगलका अध्यक्ष भीम केसी, जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष विष्णु भुजेल, नेपाल तामाङ समाज युरोपका अध्यक्ष बाबुराजा लामा, जनजाति सरोकार मंच युरोपका अध्यक्ष बदन योङ्गहाङ्ग, प्रवासी नेपाली मंच बेल्जियमका अध्यक्ष बोधराज पौडेल, नेपाली जनप्रगतिशील मंच बेल्जियमका सल्लाहकार चित्र सुवेदी, जनसम्पर्क समिति बेल्जियमका महामन्त्री सुवास गुरुङ, नेपाली जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष जीतबहादुर लामा, नेपाली संघीय समाज बेल्जियमका महासचिव लोक राना, सांग्रिला समाज बेल्जियमका अध्यक्ष खड्क केसी, तामाङ समाज बेल्जियमका अध्यक्ष राम लामा, बागलुङ समाज बेल्जियमका अध्यक्ष गंगा शर्मा, तमु समाज सल्लाहकार एबम एनआरएनए बेल्जियम उपाध्यक्ष पदम गुरुङ, प्रवासी नेपाली मंच लुभेनका अध्यक्ष कृष्ण अधिकारी लगायतका थिए ।

कार्यक्रमको दोस्रो चरण अन्तर्गत बन्दसत्रले नेपाल पत्रकार महासंघ युरोप शाखाको आगामी तिन वर्षे कार्यकाल (२०१७-२०२०) का लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित गर्दै अन्य तीनजना उपाध्यक्ष रहने कार्यसमितिमा क्रमश: बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माई (बेल्जियम),राजकुमार दिक्पाल (पोर्चुगल) र बाँकी एकजना पछि चयन गर्ने गरी निर्वाचित गरिएको छ भने महासचिवमा पूर्व उपाध्यक्ष योगेन्द्र मिलन छन्त्याल (पोर्चुगल) निर्वाचित भएका छन त्यस्तै विधानत: पाँच जना सम्म सचिव राख्न पाउने सुविधालाई मध्यनजर गर्दै सचिवमा द्रोण रिजाल (नेदरल्याण्ड),कोषाध्यक्षमा तेज नेपाली (बेल्जियम) निर्वाचित भएका छन भने बाँकी चार जना सचिव बैठकले अनुमोदन गर्ने निर्णय गरिएको छ त्यस्तै सदस्यहरुमा प्रेम परियार (नर्वे), निराजन श्रेष्ठ (स्विटजरल्याण्ड),महिन्दो वाईबा (ईटाली), प्रेम पोमू  (जर्मनी), विरमान मगर (बेल्जियम), शेरबहादुर छन्त्याल (बेल्जियम) रहेका छन।

अन्य बाँकी नयां सदस्यहरुबाट सचिवहरूमा वसन्त रानाभाट (स्पेन), पेम्बा गेलु शेर्पा (पोर्चुगल), महेश खाती समाबेशी, (डेनमार्क), वाई वि तमू  (गुरुङ) पोर्चुगल सदस्यहरुमा भोला लामिछाने (स्पेन), गणेश पाण्डे  (पोर्चुगल), विष्णु पौडेल  (पोर्चुगल), निलम घिमिरे (बेल्जियम), दिपक ज्योति पौड्याल (बेल्जियम), युवराज फुयाल आशिस  (स्विटजरल्याण्ड), जंगम खड्का (स्विटजरल्याण्ड), विनोद खकुरेल (फ्रान्स) र जित गुरुङ बिजयको नाम रहने गरि केन्द्रमा सिफारिस गर्ने निर्णय बमोजिम नेपाल पत्रकार महासंघ केन्द्रिय सचिवालयको निर्णय पश्चात स्वत:सदस्यमा पदोन्नति हुने गरी अधिबेशनद्वारा निर्णय गरिएको छ । सल्लाहकाररुमा पुष्प वरुवाल नेदरल्याण्ड, पञ्चम अधिकारी बेल्जियमलाई चयन गर्ने निर्णय गरिएको छ ।***

तपाईको प्रतिक्रिया