Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये अहिलेसम्म ३ सय ४ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

चुनावी नतिजामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेले अहिलेसम्म १ सय ३३ स्थानीय तहमा विजय हात पारेको छ ।
एमालेलाई पछ्याउँदै गरेको कांग्रेसले १ सय १५ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ३६ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै संघीय समाजवादी फोरमले ६ सिट जितेको छ भने फोरम लोकतान्त्रिकले पनि ६ सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ र राष्ट्रिय जनमोर्चा २ र दुई जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।

तपाईको प्रतिक्रिया