Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका किस्मत कक्षपति ८ हजार ७० र उपाध्यक्षमा एकमाया बिक ८ हजार दुई सय १४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार डम्बर बिकले ६ हजार ८९२ र नेपाली कांग्रेसका नकी खाँले ४ हजार ९५४ मत पाउनुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका फिरोज बानो खाँले ६ हजार ४३३ र नेपाली कांग्रेसका दीपा आलेले ४ हजार ७९७ मत पाउनुभएको छ ।

८ वडा मध्ये ५ वटामा एमाले, दुईवटामा कांग्रेस र एउटामा माओवादी केन्द्र बिजयी भएको छ ।

बाँकेका ८ तहमध्ये ७ तहको नतिजा सार्वजनिक भईसकेको छ ।

एमालेले खजुरासहित बैजनाथ र जानकी गरी ३, कांग्रेसले राप्तीसोनारी र डुडुवा गरी २, संघीय समाजवादी फोरमले नरैनापुर र राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाकोे प्रमुखमा जितेको छ ।

कोहलपुर नगरपालिकाकोे मतगणना भइरहेको छ । कोहलपुरमा एमालेकोे अग्रता छ ।

तपाईको प्रतिक्रिया