Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका टिका गुरुङ २ हजार ३ सय ७८ मत ल्याई विजय हुनुभएको छ ।  उहाँका प्रतिद्वन्द्धी एमालेका अनन्त बहादुर साँबाले २ हजार १ सय ४७ मत ल्याउनुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी ज्ञानमाया चौहान (गौतम)ले २ हजार १ सय ३६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्धी एमालेकी लिलामाया दाहालले एक हजार ८ सय ३० मत पाउनुभयो ।

ताप्लेजुङका १ नगरपालिका ८ गाउँपालिकासहित  ९ वटा स्थानीय तह रहेकोमा अहिले सम्म ७ वटा तहको मत परिणाम आएको निर्वाचन कार्यालयले जनाएको छ ।

जसमा फुङलिङ नगरपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका, याङवरक गाउँपालिका गरी चार स्थानीय तहमा नेकपा एमालेले जीत हाँसिल गरेको छ  ।

उता, मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र सिरिजंघा गाउँपालिकालगायत तीन स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ ।

तपाईको प्रतिक्रिया